विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत प्रा. डा. कृष्णप्रसाद ओलीलाई मंगोलिया र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि र इजिप्टका लागि नेपालको आवासीय राजदूत श्री सुशीलकुमार लम्साललाई लेवनानका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।
२०८१ साल चैत २१ गते बिहीबार।
ने.सं. ११४५ चौलाथ्व षष्ठी ।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता