नवनियुक्त राजदूतबाट शपथ ग्रहण

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालको नवनियुक्त आवासीय राजदूत श्री पूर्ण बहादुर नेपालीले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

२०८१ साल चैत ६ गते बुधबार।

ने.सं. ११४५ चिल्लागा पञ्‍चमी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता