संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/१२/१८ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन संवत् २०८१ साल चैत १९ गते मङ्‌गलबार राती १२:०० बजेदेखि अन्त्य गर्नुभएको छ।

२०८१ साल चैत १९ गते मङ्‌गलबार।

ने.सं. ११४५ चौलाथ्व तृतीया।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता