गैरआवासीय राजदूत नियुक्त

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अष्‍ट्रेलियाका लागि नेपालका आवासीय राजदूत श्री चित्रलेखा यादवलाई न्यूजिल्याण्डका लागि र मलेसियाका लागि नेपालका आवासीय राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाई दारुसलामका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।

२०८२ साल वैशाख २५ गते बिहीबार।

ने.सं. ११४५ बछलाथ्व एकादशी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता