नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले नेपालको संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा एवम् सुशासन (व्यवस्थापन तथा सञ्‍चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०८०/०८१ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन पेश गर्नु भयो।

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

२०८१ साल चैत १० गते आइतबार।

ने.सं. ११४५ चिल्लागा नवमी।

अर्चना खड्का (अधिकारी)

उपसचिव एवम् सूचना अधिकारी