राष्ट्रपतिबाट विभिन्न विधेयकहरु प्रमाणीकरण

मिति २०७३ साल भदौ २७ गते सोमबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले  व्यवस्थापिका-संसदका विभिन्न मितिको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । सि.नं‌. विवरण १. सर्वोच्च अदालत ऐन, २०४८ (पहिलो संशोधन) विधेयक, २०७३ २. न्याय परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ ३. न्याय सेवा आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्धमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ ४. न्याय प्रशासन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३  

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाल विद्याभूषण पदक तथा नेपाल छात्रा विद्यापदक एवम् प्रमाणपत्र प्रदान

३७औं राष्ट्रिय शिक्षा दिवस, २०७३ तथा अन्तर्राष्ट्रिय साक्षारता दिवस, २०१६ का अवसरमा आज मिति २०७३ साल भदौ २३ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक विशेष समारोहमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूबाट  स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका नेपाली छात्रछात्राहरुलाई नेपाल विद्याभूषण पदक ‘क’ श्रेणी एवम् प्रमाणपत्र (१९० जना), ‘ख’ श्रेणी एवम् प्रमाणपत्र (८१ जना), ‘ग’ श्रेणी एवम् प्रमाणपत्र (१५जना), स्नातक तह तर्फको नेपाल छात्रा विद्यापदक एवम् प्रमाणपत्र (२६जना) तथा प्रमाणपत्र तह तर्फको नेपाल छात्रा विद्यापदक एवम् प्रमाणपत्र (४ जना) प्रदान भयो । (ध्रुवराज आचार्य) सहायक प्रवक्ता