२५६१ औं बुद्धजयन्ती २०७४ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

नेपालका राष्ट्रगौरव र अमरज्योति गौतम बुद्धको २५६१ औं जन्मजयन्तीको पावन अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीहरुलगायत समस्त नेपालीहरु तथा शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । संघीय संरचनामा आधारित समावेशी, समानुपातिक एवं लोकतान्त्रिक समाज तथा द्रूततर आर्थिक, सामाजिक विकास, दीगो शान्ति, सुशासन एवं समृद्धि तर्फ उन्मुख हाम्रो देशमा विविध जातजाति, भाषाभाषी र धार्मिक तथा सामाजिक साँस्कृतिक विविधता वीच एकता, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ एवं सवल बनाउने अभियानमा गौतम बुद्धका उपदेश तथा मार्गदर्शनहरु हामी सबैका लागि पे्ररणादायी एवं अनुकरणीय रहेका छन् । बुद्धदर्शनलाई जीवनमा आत्मसात् Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय उपप्रधानमन्त्रीज्यू र माननीय मन्त्रीज्यूहरुबाट शपथ ग्रहण

आज मिति २०७४ साल बैशाख २५ गते सोमबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त माननीय उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री श्री विजयकुमार गच्छदारज्यू, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री जितेन्द्रनारायण देवज्यू र माननीय भूमिसुधार तथा व्यवस्था मन्त्री श्री गोपाल दहितज्यूले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय सभामुखज्यू, माननीय उपप्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, माननीय सांसदज्यूहरु तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु  समेतको उपस्थिति थियो । (प्रल्हादप्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल बैशाख २५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा म्यान्मारका लागि  नेपाली राजदूत पदमा दमक-१३, झापा निवासी श्री भीमकृष्ण उदासलाई नियुक्त गर्नुभएको छ । (प्रल्हादप्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष अमेरिकी Democratic Leader and Former Speaker of the House of Representatives Nancy Pelosi को नेतृत्वमा आएको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

आज मिति २०७४ साल बैशाख २५ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अमेरिकी Democratic Leader and Former Speaker of the House of  Representatives Nancy Pelosi को नेतृत्वमा आएको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्धलाई अझ प्रगाढ बनाउने एवम् आपसी हितका बिषयमा कुराकानी भएको थियो ।   (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७४ साल बैशाख २० गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि थाइल्याण्डका आवासीय महामहिम राजदूत Mr. Bhakavat Tanskul, गणतन्त्र कोरियाका आवासीय महामहिम राजदूत Mr. Park Young-Sik, अष्ट्रेलियाका आवासीय महामहिम राजदूत Mr. Peter Graeme Budd र हंगेरीका गैरआवासीय महामहिम राजदूत Mr. Gyula Petho ले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।   (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल बैशाख १९ गते मंगलबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “कम्पनी (पहिलो संशोधन) विधेयक, २०७४” नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । (मोहनप्रसाद वाग्ले) प्रवक्ता