प्रधानमन्त्री पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ । २०८१ साल असार ३० गते आइतबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्तीको अवसरमा दिनुभएको सन्देश

आदिकवि भानुभक्त आचार्यको २११ औं  जन्म जयन्तीको सन्देश आदिकवि भानुभक्त आचार्यको २११ औं  जन्म जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रुपमा तनहुँ जिल्लाको चुँदी रम्घामा वि. सं. १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन स्वदेश तथा विदेशमा रहनुभएका नेपाली भाषा, साहित्य र संस्कृति प्रेमीहरूद्वारा विविध कार्यक्रमहरू आयोजना गरी भानु जयन्ती मनाउने गरिन्छ । भानुभक्तले नेपाली भाषालाई काव्य भाषाका रूपमा समुन्नत तुल्याइ नेपाली भाषा, साहित्य एवम् Read More …

प्रधानमन्त्री पदमा नियुक्तिका लागि आव्हान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम मिति २०७९ पुस १० गते नियुक्त सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राख्नु भएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्‌ख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखको मिति २०८१ असार २८ को पत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत Read More …

मन्त्रिपरिषद्‌को कार्य सञ्चालन गर्ने गरी तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम मिति २०७९ पुस १० गते नियुक्त सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राख्नु भएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्‌ख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखको मिति २०८१ असार २८ को पत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभए सम्म यही मन्त्रिपरिषद्‌ले कार्य सञ्चालन गर्ने गरी तोक्नु Read More …

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ: क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १. लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१/३/२४ २०८१ साल असार २४ गते सोमबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

मन्त्रीहरूको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री  रामचन्द्र पौडेलज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री श्री प्रदीप यादव, माननीय वन तथा वातावरण मन्त्री श्री नवलकिसोर साह सुडी र माननीय स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री श्री हसिना खानले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आ-आफ्नो पदबाट राजिनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दहाल ‘प्रचण्ड’ज्यूको सिफारिसमा उहाँहरूले सम्हाली आएका उक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोक्नुभयो। २०८१ साल असार २४ गते सोमबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

गैरआवासीय नेपाली राजदूत नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री  रामचन्द्र पौडेलज्यूले  नेपालको संविधानको धारा २८२ को उपधारा (१)  बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत श्री सुधिर भट्टराईलाई मोनाकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु भएको छ। २०८१ साल असार २० गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

मन्त्रीहरूको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री  रामचन्द्र पौडेलज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय उपप्रधानमन्त्री एवम्  भौतिक पूर्वधार मन्त्री श्री रघुबीर महासेठ, माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री पदम गिरी, माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री श्री ज्वालाकुमारी साह, माननीय भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्री बलराम अधिकारी, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारी, माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्री भगवती चौधरी, माननीय खानेपानी मन्त्री श्री राजेन्द्रकुमार राई र माननीय रक्षा मन्त्री श्री हरिप्रसाद उप्रेतिले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आ-आफ्नो पदबाट राजिनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्री श्री Read More …

संघीय संसद, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम खाँदवारी नगरपालिका वार्ड नम्बर ०२, कोशी प्रदेश, संखुवासभा जिल्ला निवासी श्री सुरेश अधिकारीलाई संघीय संसद, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको  छ। २०८१ साल असार १८ गते मङ्‌गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ: क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १. सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०८१/३/१८ २०८१ साल असार १८ गते मङ्‌गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता