नवनियुक्त सम्माननीय प्रधान न्यायाधीशज्यूबाट पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश श्री प्रकाशमान सिंह राउतज्यूले राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। २०८१ साल असोज २० गते आइतबार। ने.सं. ११४४ कौलाथ्व चतुर्थी। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

प्रधान न्यायाधीश नियुक्ति

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीश श्री प्रकाशमान सिंह राउतज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ। २०८१ साल असोज २० गते आइतबार। ने.सं. ११४४ कौलाथ्व चतुर्थी। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता