सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस‚ २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस‚ २०८१ को सन्देश नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । पृथ्वीनारायण शाहले  स-साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले  निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौं । यही आधारभूमीमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर घोषणा Read More …

नवनियुक्त राजदूतहरूबाट शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। तपसिल क्र.सं. राजदूत मुलुक १. श्री प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल २. प्रा.डा. कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका ३. श्री सेवा लम्साल बेल्जियम अधिराज्य ४. डा. नेत्र प्रसाद तिम्सिना मलेसिया ५. श्री सुम्निमा तुलाधर डेनमार्क २०८१ साल पुस १७ गते बुधबार। ने.सं. ११४५ प्वहेलाथ्व द्वितीया। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता