सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ईद (ईद उल फित्र) पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

ईद (ईद उल फित्र) पर्व, २०८१ को शुभकामना सन्देश इस्लाम धर्मावलम्बीहरूको महान् चाड ईद (ईद-उल-फित्र) पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी  दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । ईद (ईद-उल-फित्र) पर्वलाई मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूला बडाबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिने गरिन्छ । सो अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा रहिआएको छ । यस पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र Read More …

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ: क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १. सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१/१२/१८ २. सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१/१२/१८ ३. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१/१२/१८ ४. आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१/१२/१८ ५. निजीकरण ऐन, २०५० Read More …

नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले नेपालको संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा एवम् सुशासन (व्यवस्थापन तथा सञ्‍चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०८०/०८१ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन पेश गर्नु भयो। सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । २०८१ साल चैत १० गते आइतबार। ने.सं. ११४५ चिल्लागा नवमी। अर्चना खड्का (अधिकारी) उपसचिव एवम् सूचना अधिकारी

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्‍व पानी दिवस, २०२५ (२२ मार्च) को अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्‍व पानी दिवस, २०२५ (२२ मार्च) को शुभकामना सन्देश पानीका स्रोतहरूको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भन्ने कामनासहित विश्व पानी दिवस, २०२५ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व‚ संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा यस वर्ष ‘हिमनदी संरक्षण’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइरहेका छौँ । पानी र प्रकृतिसँग प्राणी Read More …

नवनियुक्त राजदूतबाट शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालको नवनियुक्त आवासीय राजदूत श्री पूर्ण बहादुर नेपालीले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। २०८१ साल चैत ६ गते बुधबार। ने.सं. ११४५ चिल्लागा पञ्‍चमी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ: क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १. सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०८१/१२/३ २. विद्युतीय व्यापार (इ-कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१/१२/३ ३. विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१/१२/३ ४. भ्रष्‍टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक २०८१/१२/३ २०८१ साल चैत ३ गते आइतबार। ने.सं. ११४५ चिल्लागा द्वितीया। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले फागुपूर्णिमा (होली) पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

फागुपूर्णिमा (होली) पर्व, २०८१ को शुभकामना सन्देश नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याए पछि प्रारम्भ  हुने होली पर्व पूर्णिमाको राती चीर दाह गरेपछि समापन हुन्छ । रङ्गहरूको पर्वको रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्‌भावनाको सन्देश दिने फागुपूर्णिमा (होली) पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुशियालीसाथ मनाउने परम्परा रहेको छ । होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण रहेको छ । यही विविधता बीचको Read More …

सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश तथा न्याय परिषद् एवम् न्याय सेवा आयोगका अध्यक्ष श्री प्रकाशमान सिंह राउतज्यूले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ । २०८१ साल फागुन २७ गते मङ्‌गलबार। ने.सं. ११४५ चिल्लाथ्व द्वादशी। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना सन्देश ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिलाको हक, अधिकारको संरक्षण र प्रवर्द्धनको क्षेत्रमा क्रियाशील सबैमा सुख, शान्ति एवम् समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु । महिला अधिकार तथा लैङ्गिक समानता प्रवर्द्धनका पूर्ण प्राप्तिका लागि हरेक वर्ष आठ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउने गरिएको छ । यस वर्ष  अन्तर्राष्ट्रिय महिला दिवसको लागि संयुक्त राष्ट्र संघबाट “For All Women and Girls : Right, Equality and Empowerment” ( सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण ) भन्ने  आदर्श वाक्यका साथ यो दिवस मनाइरहेका छौं Read More …

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूलगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. गणतन्त्र गिनी H.E. Mr. Alassane Conte गैरआवासीय २. गणतन्त्र युगाण्डा H.E. Ms. Joyce Kakuramatsi Kikafunda गैरआवासीय ३. बोस्निया तथा हर्जगोभिना H.E. Mr. Haris Hrle गैरआवासीय ४. गणतन्त्र ग्वाटेमाला H.E. Mr. Omar Lisandro Castaneda Solares गैरआवासीय ५. इटाली Read More …