सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले भूकम्प स्मृति दिवसको अवसरमा दिनुभएको सन्देश

भूकम्प स्मृति दिवसको  सन्देश गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई वि.सं.२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाउनु हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । भूकम्प एक प्राकृतिक विपद भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने जोगाउन सकिन्छ । नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरू मध्ये नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मित भौतिक संरचना प्रमुख रहेका छन् । हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका Read More …

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नवनियुक्त माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री रघुजी पन्त ज्यूले राष्‍ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । २०८२ साल वैशाख ११ गते बिहीबार। ने.सं. ११४५ चौलागा एकादशी। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता  

मन्त्रिपरिषद् गठन

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०८१ असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नु भएको छ। क्र.सं.   नाम, थर पद कार्यविभाजन  १. श्री केपी शर्मा ओली प्रधानमन्त्री    २. श्री प्रकाशमान सिंह उपप्रधानमन्त्री सहरी विकास  ३. श्री विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री अर्थ  ४. श्री पृथ्वी सुब्बा गुरुङ मन्त्री सञ्‍चार तथा सूचना प्रविधि ५. श्री रमेश लेखक मन्त्री गृह  ६. श्री शरतसिंह भण्डारी मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा  ७. डा. आरजु राणा मन्त्री परराष्‍ट्र  ८. Read More …

संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री तथा विदेश मामिला मन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री तथा विदेश मामिला मन्त्री His Highness Sheikh Abdullah Bin Zayed Al Nahyan ले राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। उक्त भेटमा सम्माननीय राष्ट्रपतिज्यूले नेपालको सामाजिक तथा आर्थिक विकासमा संयुक्त अरब इमिरेट्स लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो साझेदारको रूपमा रहेको उल्लेख गर्दै नेपाल र संयुक्त अरब इमिरेट्सबीच आगामी दिनहरूमा सहकार्यका क्षेत्रहरू थप विस्तार हुने कुरामा विश्वास व्यक्त गर्नुभयो। २०८२ साल वैशाख १० गते बुधबार। ने.सं. ११४५ चौलागा दशमी। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा स्पेनका लागि नेपालका आवासीय राजदूत श्री शनिल नेपाललाई गणतन्त्र माल्टाका लागि र इजरायलका लागि नेपालका आवासीय राजदूत प्रा. धनप्रसाद पण्डितलाई गणतन्त्र साइप्रसका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८२ साल वैशाख १० गते बुधबार। ने.सं. ११४५ चौलागा दशमी। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता  

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा पाकिस्तानका लागि नेपालका आवासीय राजदूत श्री रीता धिताललाई गणतन्त्र तुर्कियका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८२ साल वैशाख ७ गते आइतबार। ने.सं. ११४५ चौलागा सप्‍तमी । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

विज्ञप्‍ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१/२ को सिफारिसमा संवत् २०८२ साल वैशाख १२ गते शुक्रबारका दिन १३:०० बजे अन्तर्राष्‍ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । २०८२ साल वैशाख ३ गते बुधबार। ने.सं. ११४५ चौलागा तृतीया। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नव वर्ष २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

नव वर्ष २०८२ को शुभकामना सन्देश नव वर्ष २०८२ को सुखद् आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् हो । हाम्रो इतिहास र सामाजिक जीवनमा लामो समयदेखि स्थापित यो संवत्‌ले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउँछ र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्दछ । हामी नेपालीहरू नयाँ वर्षलाई विगतको समीक्षा गर्ने तथा आगामी दिनका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रुपमा लिन्छौं । विशेष पर्व Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले महावीर जयन्ती, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

२६२४ औं महावीर जयन्तीको सन्देश जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरूद्वारा विभिन्न कार्यक्रम आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचर्य र अपरिग्रहका सिद्धान्त परिपालन गर्नुभएको थियो । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ । महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको Read More …