सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राम नवमी पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश
राम नवमी पर्व, २०८१ को शुभकामना सन्देश राम नवमी पर्व, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हरेक वर्ष चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रको जन्मदिनको रुपमा ‘राम नवमी’ पर्व धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । यस दिन भगवान् श्री रामको विशेष पूजा अर्चना, ब्रत अनुष्ठान र जप ध्यान गर्नाले भगवत् कृपा प्राप्त भई आफूले चिताएको सम्पूर्ण कार्य पूरा हुने जनविश्वास रहेको छ । शताब्दियौंदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वहरूले हाम्रो प्राचीन सभ्यताका साथै धर्म र संस्कृतिको Read More …