विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ:
क्र.सं. | विधेयकको नाम | प्रमाणीकरण मिति |
१. | सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक | २०८१/१२/१८ |
२. | सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक | २०८१/१२/१८ |
३. | आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक | २०८१/१२/१८ |
४. | आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक | २०८१/१२/१८ |
५. | निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक | २०८१/१२/१८ |
२०८१ साल चैत १८ गते सोमबार।
ने.सं. ११४५ चौलाथ्व द्वितीया।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता