विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा स्पेनका लागि नेपालका आवासीय राजदूत श्री शनिल नेपाललाई गणतन्त्र माल्टाका लागि र इजरायलका लागि नेपालका आवासीय राजदूत प्रा. धनप्रसाद पण्डितलाई गणतन्त्र साइप्रसका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।
२०८२ साल वैशाख १० गते बुधबार।
ने.सं. ११४५ चौलागा दशमी।
(बसन्त प्रसाद पन्थी)
सहायक प्रवक्ता