संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री तथा विदेश मामिला मन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री तथा विदेश मामिला मन्त्री His Highness Sheikh Abdullah Bin Zayed Al Nahyan ले राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो।

उक्त भेटमा सम्माननीय राष्ट्रपतिज्यूले नेपालको सामाजिक तथा आर्थिक विकासमा संयुक्त अरब इमिरेट्स लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो साझेदारको रूपमा रहेको उल्लेख गर्दै नेपाल र संयुक्त अरब इमिरेट्सबीच आगामी दिनहरूमा सहकार्यका क्षेत्रहरू थप विस्तार हुने कुरामा विश्वास व्यक्त गर्नुभयो।

२०८२ साल वैशाख १० गते बुधबार।

ने.सं. ११४५ चौलागा दशमी।

(बसन्त प्रसाद पन्थी)

सहायक प्रवक्ता