विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०८१ साल असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय श्री खमबहादुर गर्बुजाज्यूलाई राज्यमन्त्री पदमा नियुक्त गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ ।
२०८२ साल वैशाख १७ गते बुधबार।
ने.सं. ११४५ बछलाथ्य तृतीया।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता