सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त माननीय मन्त्रीबाट पद तथा गोपनीयताको शपथ

आज मिति २०७६ साल फागुन ५ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नवनियुक्त माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेज्यूले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिनु भयो ।   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट मन्‍त्री पदमा नियुक्त

आज मिति २०७६ साल फागुन ५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय डा. शिवमाया तुम्बाहाङफेज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री भानुभक्त ढकालज्यूले सम्हाल्दै आउनुभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ । (हरि प्रसाद दहाल) प्रवक्ता  

सम्माननीय राष्ट्रपतिज्यू समक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल फागुन १ गते, बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिम मुलुकका महामहिम राजदूतहरूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय 1. गणतन्त्र आयरल्याण्ड H.E. Mr. Brendan Ward गैरआवासीय 2. गणतन्त्र आर्मेनिया H.E. Mr. Armen Martirosyan गैरआवासीय 3. आइसल्याण्ड H.E. Mr. Gudmundur Arni Stefansson गैरआवासीय   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू समक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

आज राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु  भयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपालमा लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरणमा निर्वाचन आयोगले पुर्‍याउँदै आएको योगदानको सराहना गर्नु भयो । साथै, संवैधानिक दायित्व अन्तर्गत निर्वाचन आयोगले आफ्नो प्रतिवेदन बुझाएकोमा धन्यवाद समेत दिनुभयो ।   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल माघ २८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम 1 भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक २ प्रहरी समायोजन विधेयक ३ नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक ४ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक ५ औद्योगिक व्यवसाय विधेयक ६ राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट जारी ‘सहिद दिवस, २०७६’ को सन्देश‌

सहिद दिवस, २०७६ को सन्देश राष्ट्रियता, लोकतन्त्र, स्वतन्त्रता, समानता एवं जनजीविकाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान सहिदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्दलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस सहिद दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्वद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदहरूको सपना साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु । देश र जनताको लागि आफ्नो जीवनको आहुती दिने वीर सहिदहरूप्रति श्रद्धा, सम्मान र स्मरण स्वरूप विविध रचनात्मक कार्यक्रमहरू गरी सहिद Read More …

राष्ट्रिय सभा सदस्य निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश

आज मिति २०७६ साल माघ १५ गते, बुधबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त  श्री दिनेश कुमार थपलियाले राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६०  बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७६ को निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा निर्वाचन आयोगका माननीय आयुक्तहरू समेतको उपस्थिति थियो ।   (हरि प्रसाद दाहाल) प्रवक्ता

प्रतिनिधि सभाको सभामुख पदको पद तथा गोपनीयताको शपथ

आज मिति २०७६ साल माघ १३ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष प्रतिनिधि सभा नियमावली, २०७५ को  नियम ९ बमोजिम नवनिर्वाचित सम्माननीय सभामुख श्री अग्नि प्रसाद सापकोटाज्यूले राष्ट्रपति भवन शीतलनिवासमा प्रतिनिधि सभाको सभामुख पदको पद तथा गोपनीयताको शपथ लिनु भयो ।  सो अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू लगायत विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो ।   (हरि प्रसाद दाहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ‘सोनम ल्होसार,२०७६’ को अवसरमा दिनु भएको शुभकामना सन्देश

‘सोनम ल्होसार,२०७६’ को शुभकामना सन्देश तामाङ समुदायहरूले मनाउने महान पर्व सोनम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि मनाईने यस पर्वमा कूल पूजा, प्रकृति पूजा, बुद्धको पूजा गर्ने एवम् आपसमा भेला भई नाचगान गर्दै हर्षोल्लासका साथ मनाउने प्रचलन रहिआएको छ । यो पर्वलाई तामाङ लगायत ह्योल्मो, थकाली, जिरेल, नेस्याङवा, भोटे, दुरा, लेप्चा आदि समुदायले आ-आफ्नै शैली र परम्परा अनुसार मनाउँदै आएका छन् । यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्‍भाव Read More …