सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ईद (इदुल फित्र) पर्व, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

ईद (इदुल फित्र) पर्व, २०७७ को शुभकामना सन्देश इस्लाम धर्मावलम्बीहरूको महान पर्व, ईद (इदुल फित्र) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ईद (इदुल फित्र) पर्वलाई मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशी साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस पर्वले विश्वका विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरूको धार्मिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्‌भाव, सहिष्णुता, भातृत्व एवम् पारस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने महसुस गरेको छु । साथै यस पर्वले विभिन्न जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र Read More …

वार्षिक प्रतिवेदन ग्रहण

आज मिति २०७७ साल जेठ १२ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा आर्थिक वर्ष २०७५/०७६ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपालको संविधानको धारा ५३ बमोजिम पेश गर्नु भयो। त्यसैगरी सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षज्यूले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । सो अवसरमा माननीय उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री श्री ईश्वर पोखरेल, माननीय गृहमन्त्री श्री रामबहादुर थापा, माननीय Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ईद (इदुल फित्र) पर्व, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

ईद (इदुल फित्र) पर्व, २०७७ को शुभकामना सन्देश इस्लाम धर्मावलम्बीहरूको महान पर्व, ईद (इदुल फित्र) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ईद (इदुल फित्र) पर्वलाई मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशी साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस पर्वले विश्वका विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरूको धार्मिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्‌भाव, सहिष्णुता, भातृत्व एवम् पारस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने महसुस गरेको छु । साथै यस पर्वले विभिन्न Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूद्वारा आ.व. २०७७/७८ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज मिति २०७७ साल जेठ २ गते संघीय संसदको संयुक्त वैठकमा आर्थिक वर्ष २०७७/७८ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रमको पूर्ण पाठको लागि यहाँ क्लिक गर्नुहोस् ।

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट २५६४औं बुद्ध जयन्तीको अवसरमा स्वयम्भूनाथ तथा बौद्धनाथको दर्शन एवं दीप प्रज्वलन सम्पन्न

बैशाख २५, काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २५६४ औं बुद्ध जयन्तीको अवसरमा आज नेपालका प्रमुख बौद्ध स्तुपहरूमध्ये काठमाडौँमा अवस्थित स्वयम्भूनाथ र बौद्ध स्तुपको दर्शन गर्नुुभयो । उहाँले उक्त दुवै प्रसिद्ध स्तुपहरूको परिक्रमा गर्नुका साथै दीप प्रज्वलन गरी विश्व शान्तिका अग्रदूत गौतम बुद्धप्रति श्रद्धा अर्पण गर्नुभयो । नेपाली भूमि लुम्बिनीमा राजकुमारका रूपमा जन्मेका शान्तिदूत गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमा तिथिमै परेको हुनाले यस दिनलाई नेपाल लगायत विश्वभर बुद्ध जयन्ती वा बुद्ध पूर्णिमाको रूपमा मनाइन्छ । गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण गर्दै बुद्ध जयन्तीको दिनलाई सन् २००२ बाट संयुक्त राष्ट्रसंघ प्रणालीभित्र Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उभौली पर्वको अवसरमा दिनुभएको शुभकामना सन्देश

उभौली पर्वको शुभकामना सन्देश नेपालका आदिवासी किराँत समुदायको पवित्र एवम् महान् उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण राई, लिम्बू, सुनुवार, याक्खा लगायत संपूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गर्नुका साथै विभिन्न परम्परागत नृत्य र मिष्ठान्न खानपीनका साथ आपसमा सुख, शान्ति र सुस्वास्थ्यको आदानप्रदान गर्दै रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ ।  यसरी प्राकृतिक ऋतुचक्रसँग तादात्म्यता कायम गरी मनाइने यस प्रकारका साँस्कृतिक पर्वहरूले प्रकृति र Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट २५६४औं बुद्ध जयन्तीको अवसरमा स्वयम्भूनाथ तथा बौद्धनाथको दर्शन एवं दीप प्रज्वलन सम्पन्न

बैशाख २५, काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २५६४ औं बुद्ध जयन्तीको अवसरमा आज नेपालका प्रमुख बौद्ध स्तुपहरूमध्ये काठमाडौँमा अवस्थित स्वयम्भूनाथ र बौद्ध स्तुपको दर्शन गर्नुुभयो । उहाँले उक्त दुवै प्रसिद्ध स्तुपहरूको परिक्रमा गर्नुका साथै दीप प्रज्वलन गरी विश्व शान्तिका अग्रदूत गौतम बुद्धप्रति श्रद्धा अर्पण गर्नुभयो । नेपाली भूमि लुम्बिनीमा राजकुमारका रूपमा जन्मेका शान्तिदूत गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमा तिथिमै परेको हुनाले यस दिनलाई नेपाल लगायत विश्वभर बुद्ध जयन्ती वा बुद्ध पूर्णिमाको रूपमा मनाइन्छ । गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण गर्दै बुद्ध जयन्तीको दिनलाई सन् २००२ बाट संयुक्त राष्ट्रसंघ प्रणालीभित्र Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उभौली पर्वको अवसरमा दिनुभएको शुभकामना सन्देश

उभौली पर्वको शुभकामना सन्देश नेपालका आदिवासी किराँत समुदायको पवित्र एवम् महान् उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण राई, लिम्बू, सुनुवार, याक्खा लगायत संपूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गर्नुका साथै विभिन्न परम्परागत नृत्य र मिष्ठान्न खानपीनका साथ आपसमा सुख, शान्ति र सुस्वास्थ्यको आदानप्रदान गर्दै रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ ।  यसरी प्राकृतिक ऋतुचक्रसँग तादात्म्यता कायम गरी मनाइने यस प्रकारका साँस्कृतिक Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २५६४ औं बुद्ध जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

२५६४ औं बुद्ध जयन्तीको शुभकामना सन्देश बौद्ध दर्शनका प्रवर्तक तथा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६४ औं जन्म जयन्तीको उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी, स्वदेश तथा विदेशमा रहनु भएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख पूर्णिमा कै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्वीहरूद्वारा बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको प्रातः स्मरण गर्दै शान्तिका अग्रदूत गौतम बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिका साथ बुद्ध जयन्ती मनाउने गरिएको छ । आजको यस शुभ दिनले विविधता बीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिको पथमा अघि बढ्न हामी सबैलाई Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष वार्षिक प्रतिवेदन पेश

आज मिति २०७७ साल वैशाख २२ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले नेपालको संविधानको धारा १५९ बमोजिम आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ ।   (हरि प्रसाद दहाल) प्रवक्ता