सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पाँचौँ भूकम्प स्मृति दिवसका सन्दर्भमा दिनुभएको सन्देश

पाँचौँ  भूकम्प स्मृति  दिवसको सन्देश २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूमा परी जीवन गुमाउनु भएकाहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । साथै घाइते तथा अङ्गभङ्ग भई हालसम्म पनि समस्यामा रहनुभएकाहरूको सहज जीवनको कामना गर्दछु । भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनाका साथै ध्वस्त संरचनाहरूको पुनर्निर्माणमा हामीले उदाहरणीय काम गर्न सकेका छौँ । भूकम्पको निरन्तर धक्काहरूको कारण त्रास र भयमा रहनु भएका र घरबारविहीन हुनुभएका लाखौँ जनतालाई त्राण दिन हामी एकजुट भएका थियौं । सङ्कटका बेला एकजुट हुने हाम्रो असल परम्परालाई हामीले कायम राख्नु पर्दछ । प्राकृतिक विपद्ले Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७७ साल बैशाख ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरु जारी गर्नु भएको छ । क्र.सं. अध्यादेशको नाम १. संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी  (पहिलो संशोधन) अध्यादेश, २०७७ २. राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता  

विज्ञप्ति

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) का कारण विशेष परिस्थिति उत्पन्न भएकोले यस कार्यालयको लागि चालु आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न शीर्षक अन्तर्गत विनियोजित बजेट मध्येबाट रु. ९ करोड ५० लाख नेपाल सरकारको संघीय संचित कोषमा जम्मा हुने व्यवस्था गरिएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

राजदूत पदमा नियुक्त

आज मिति २०७7 साल बैशाख 5 गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री महेन्द्रबहादुर पाण्डेलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

नयाँ वर्ष २०७७ सालको शुभ अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

नयाँ वर्ष २०७७ सालको शुभकामना सन्देश नयाँ वर्ष २०७७ साल आगमनको यस महत्वपूर्ण उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपाल सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर भएसँगै विकासका प्रयासहरू तीब्रताका साथ अगाडि बढेका छन् ।  गत वर्ष हामीले महत्वपूर्ण आर्थिक वृद्धि हासिल गर्न सफल भयौँ । विनासकारी भूकम्पले भत्काएका निजी आवास तथा ऐतिहासिक र साँस्कृतिक सम्पदाहरूको पुनर्निर्माणमा सफलता हासिल भएको छ । राष्ट्रव्यापी सडक सञ्जाल निर्माणमा निरन्तरता, विभिन्न जलविद्युत परियोजनाहरू सम्पन्न Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल चैत्र ७ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १ औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, 2053 लाई संशोधन गर्न बनेको विधेयक   (हरि प्रसाद दहाल) प्रवक्ता  

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल फागुन ३० गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत श्री महेशराज दाहाललाई फिजीका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   (हरि प्रसाद दहाल) प्रवक्ता  

सम्माननीय राष्‍ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल फागुन २२ गते, बिहीबारका दिन सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्रमन्त्री  श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय 1. गणतन्त्र भारत H.E. Mr. Vinay Mohan Kwatra आवासीय 2. गणतन्त्र सिसेल्स H.E. Mr. Thomas Selby Pillay गैरआवासीय 3. मेक्सिको H.E. Mr. Federico Salas Lotfe गैरआवासीय (हरि प्रसाद दहाल) प्रवक्ता  

सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त माननीय मन्त्रीबाट पद तथा गोपनीयताको शपथ

आज मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त माननीय अर्थ र सञ्‍चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो । (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा काेभिड -१९ विश्वव्यापी महामारीको सन्दर्भमा २०७६ साल चैत्र २१ गते नेपाल टेलिभिजनमार्फत दिनुभएको भिडियो सन्देशको ट्रान्सक्रिप्ट

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज मानवजातिले कोरोना महामारीको कारण एउटा अकल्पनीय परिस्थितिको सामना गरिरहेको छ । संसारका सबैजसो मुलुकहरूमा फैलिरहेको यस महामारीबाट हाम्रो देश नेपाल पनि अछुतो रहन भने सकेन । यद्यपि अहिलेसम्म नेपालमा आन्तरिक सङ्क्रमण देखिएको छैन । बाहिरबाट सङ्क्रमित भएर आएकालाई पत्ता लगाएर उपचार गरिएको अवस्था हो । सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नै यो सीमित रहन गयो र फैलन पाएन । यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैले स्वास्थ्यमा आवश्यक ध्यान दिनु पर्दछ । हामी कुनै भावनामा बगेर होइन बरु यस रोगको गंभीरतालाई मनन गर्दै रोगको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका Read More …