
मन्त्री पदको पद तथा गोपनीयताको शपथ
विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नवनियुक्त माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री रघुजी पन्त ज्यूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । २०८२ साल वैशाख ११ गते बिहीबार। ने.सं. ११४५ चौलागा एकादशी। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता