ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री श्री नारायणकाजी श्रेष्ठज्यूलगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. गणतन्त्र साइप्रस H.E. Mr. Evagoras Vryonides गैरआवासीय २. गणतन्त्र लिथुआनिया H.E. Ms. Diana Mickeviciene गैरआवासीय ३. किर्गिज गणतन्त्र H.E. Mr. Askar Beshimov गैरआवासीय ४. आयरल्याण्ड H.E. Mr. Kevin Kelly गैरआवासीय २०८१ साल वैशाख ३१ गते सोमबार। (शैलजा Read More …

राजिनामा स्वीकृत

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजिनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्‍याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ। २०८१ साल वैशाख ३० गते आइतबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

जापानका परराष्ट्र मन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष जापानका परराष्ट्र मन्त्री H.E. Ms. KAMIKAWA Yoko ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। उक्त भेटमा सम्माननीय राष्ट्रपतिज्यूले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रूपमा रहेको उल्लेख गर्दै नेपाल र जापानबीच आगामी दिनहरूमा आर्थिक सहयोग लगायत अन्य सहकार्यका क्षेत्रहरू थप विस्तार हुने कुरामा विश्वास व्यक्त गर्नुभयो ।   २०८१ साल वैशाख २३ गते आइतबार ।   (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ: क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १. खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक २०८१/१/२३ २०८१ साल वैशाख २३ गते आइतबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/१/२० को सिफारिसमा सम्वत् २०८१ साल वैशाख २८ गते शुक्रबारका दिन १४:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । २०८१ साल वैशाख २० गते बिहीबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणाम सहितको प्रतिवेदन” पेश गर्नु भयो। २०८१ साल वैशाख २० गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

अध्यादेश जारी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ २०८१ साल वैशाख १६ गते आइतबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

नेपाली सेना परिचालन स्वीकृति प्रदान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्वत् २०८१ साल वैशाख १५ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को मिति २०८१/१/१० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को २०८१/१/१० को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको २०८१/१/१० को पत्रको आधारमा उल्लेखित कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ। २०८१ साल वैशाख १३ गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू र मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच शिष्टाचार भेटवार्ता

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू र नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेटवार्ता भयो। सो अवसरमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै, दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा समेत विस्तृत कुराकानी भयो। २०८१  साल वैशाख ११ गते मङ्गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

महालेखापरीक्षक पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवैधानिक परिषद्को सिफारिसमा श्री तोयम राया, मोरङलाई नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको छ । २०८१ साल वैशाख ६ गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता