राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रिय समावेशी आयोगका माननीय कार्यवाहक अध्यक्ष श्री विष्णुमाया ओझाज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०/०८१ को आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो। २०८१ साल असोज १३ गते आइतबार। ने.सं. ११४४ ञलागा १२ आइतबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रिय दलित आयोगका माननीय अध्यक्ष श्री देवराज विश्वकर्माज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०/०८१ को आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो। २०८१ साल असोज ९ गते बुधबार। ने.सं. ११४४ ञलागा ८ बुधबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

आयोगहरूको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष लोक सेवा आयोगका माननीय अध्यक्ष श्री माधवप्रसाद रेग्मीज्यूले राष्ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम लोक सेवा आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु  भयो। त्यसै गरी सम्माननीय राष्ट्रपतिज्यू समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका माननीय अध्यक्ष श्री बालानन्द पौडेलज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु  भयो। २०८१ साल असोज ४ गते शुक्रबार। ने.सं. ११४४ ञलागा ३ शुक्रबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

प्रधानमन्त्रीको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन सम्वत् २०८१ असोज ४ गते संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ। २०८१ साल असोज ४ गते शुक्रबार। ने.सं. ११४४ ञलागा ३ शुक्रबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को शुभकामना सन्देश संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, गणतन्त्र स्थापनाका लागि कष्टपूर्ण संघर्ष गरेका योद्धाहरू, विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व  गर्ने राजनीतिक दलका श्रद्धेय  नेताहरूप्रति सम्मान प्रकट गर्दै लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवम् राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्दछु । नेपाली जनताको संघर्ष र बलिदानको फलस्वरूप वि.सं.२०७२ साल असोज Read More …

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। सो अवसरमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. गणतन्त्र अजरवैजान H.E. Mr. Elchin Huseynli गैरआवासीय २. गणतन्त्र कोलम्बिया H.E. Dr. Victor Echeverri Jaramillo गैरआवासीय ३. नेदरल्याण्ड H.E. Ms. Marie Louisa Gerards गैरआवासीय ४. गणतन्त्र इस्टोनिया H.E. Ms. Marje Luup गैरआवासीय २०८१ साल भदौ ३१ गते सोमबार। ने.सं. ११४४ ञलाथ्व १३ सोमबार। (शैलजा Read More …

संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा 93 को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति 20८१/५/३० को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन सम्वत् २०८१ साल भदौ ३१ गते सोमबार राती १२:०० बजेदेखि अन्त्य गर्नुभएको छ। २०८१ साल भदौ ३१ गते सोमबार। ने.सं. ११४४ ञलाथ्व १३ सोमबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेमकुमार राईज्यूले राष्ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०८०/०८१ को अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु  भयो । २०८१ साल भदौ ३० गते आइतबार। ने.सं. ११४४ ञलाथ्व १२ आइतबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूलगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. म्यानमार H.E. Mr. Myo Myint Maung आवासीय २. अष्ट्रेलिया H.E. Ms. Leann Elizabeth Johnston आवासीय ३. फ्रान्स H.E. Ms. Virginie Corteval आवासीय ४. जाम्बिया H.E. Mr. Percy Patson Chanda गैरआवासीय २०८१ साल भदौ २७ गते बिहीबार। ने.सं. Read More …

राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष श्री केपी शर्मा ओलीज्यूले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९/०८० र  २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०८१ साल भदौ २५ गते मङ्‌गलबार। ने.सं. ११४४ ञलाथ्व ७ मङ्‌गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता