मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नु भएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  १. श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री  २. श्री रघुबीर महासेठ उपप्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात  ३. श्री नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री परराष्ट्र ४. श्री रवि लामिछाने उपप्रधानमन्त्री गृह  ५. श्री उपेन्द्र यादव उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसंख्या  ६. श्री वर्षमान पुन मन्त्री अर्थ  ७. श्री शक्तिबहादुर बस्नेत मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ ८. श्री भानुभक्त जोशी मन्त्री सङ्घीय मामिला Read More …

मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले मिति २०७९ साल पुस ११ गते सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ज्यूको  नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  1. श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री वन तथा वातावरण र स्वास्थ्य तथा जनसङ्ख्या  2. श्री रघुबीर महासेठ उपप्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात  3. श्री नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री परराष्ट्र 4. श्री रवि लामिछाने उपप्रधानमन्त्री गृह  5. श्री वर्षमान पुन मन्त्री अर्थ  6. श्री शक्तिबहादुर बस्नेत मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ Read More …

मन्त्रिपरिषद् गठन

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  १. श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री अर्थ; उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिंचाइ; कानून, न्याय तथा संसदीय मामिला; कृषि तथा पशुपन्छी विकास; खानेपानी; गृह; परराष्ट्र; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; भौतिक पूर्वाधार तथा यातायात; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; रक्षा; वन तथा वातावरण; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्घीय मामिला तथा सामान्य प्रशासन; सञ्चार Read More …

संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना अन्तर्गत US Indo-Pacific Command का  Commander  बाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना अन्तर्गत US Indo-Pacific Command का  Commander  Admiral John C. Aquilino ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र संयुक्त राज्य अमेरिका बीच कूटनैतिक सम्बन्ध स्थापना भए पश्‍चात दुई देश बीच मैत्रीपूर्ण र सौहार्द्रपूर्ण सम्बन्ध रही आएकोमा खुशी व्यक्त गर्दै विश्व शान्तिको मान्यताप्रति प्रतिबद्ध नेपाल संयुक्त राष्ट्र संघको शान्ति सेनामा सर्वाधिक योगदान गर्ने मुलुकको रूपमा रहेको कुराले गौरवान्वित भएको बताउनु भयो। २०८० साल फागुन १४ गते सोमबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश तथा न्याय परिषद् एवम् न्याय सेवा आयोगका सम्माननीय अध्यक्ष श्री विश्वम्भरप्रसाद श्रेष्ठज्यूले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ । २०८० साल फागुन ९ गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०८० साल माघ २९ गते सोमबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता    

नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री भरतराज पौडेललाई क्यानाडाका लागि नेपालको आवासीय राजदूत पदमा र श्री शनिल नेपाललाई गणतन्त्र पोर्चुगलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८० साल माघ २6 गते शुक्रबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

संघीय संसदको महासचिव पदमा नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिव्दिकोट गाउँपालिका -१, पाल्पा जिल्ला निवासी श्री पद्म प्रसाद पाण्डेयलाई मिति २०८० माघ २३ गते देखि लागु हुनेगरी संघीय संसदको महासचिव पदमा नियुक्त गर्नुभएको  छ। २०८० साल माघ २३ गते मङ्गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

प्रतिनिधि सभाको सचिव पदबाट दिनुभएको राजिनामा स्वीकृत

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष संघीय संसदका कार्यवाहक महासचिव श्री पद्म प्रसाद पाण्डेयले संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट मिति २०८० माघ २३ गते दिनुभएको राजिनामा सोही मितिदेखि लागु हुनेगरी सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ। २०८० साल माघ २३ गते मङ्गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

जर्मनीको Friederich Ebert Stiftung (FES) का Global President बाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपाल भ्रमणमा रहनु भएका जर्मनीको Friederich Ebert Stiftung (FES) का Global President H.E. Dr. Martin Schulz ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। उक्त भेटको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र जर्मनी बीच दौत्य सम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको व्यहोरा उल्लेख गर्दै FES ले काठमाडौं स्थित आफ्नो कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवम् लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय कार्यहरू गर्दै आएकोमा खुशी समेत व्यक्त गर्नुभयो। २०८० साल माघ १७ गते बुधबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता