मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्षबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष महामहिम श्री लि चान्सु (H.E. Mr. Li Zhanshu) ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा छलफल भयो । भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । २०७९ साल भदौ २९ गते बुधबार (सागर आचार्य) प्रवक्ता

विधेयकहरू प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ तथ्याङ्क सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९/५/२८ २ स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/५/२८ ३ प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/५/२८ ४ सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/५/२८ ५ योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/५/२८ २०७९ साल भदौ २८ गते मङ्गलबार । (सागर Read More …

राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । तपसिल क्र.सं. राजदूत मुलुक १. श्री हरिश्चन्द्र घिमिरे म्यानमार २. श्री डिल्लीराज पौडेल मलेसिया   २०७९ साल भदौ २७ गते सोमबार (सागर आचार्य) प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत श्री ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल भदौ २३ गते बिहीबार । (सागर आचार्य) प्रवक्ता

आवासीय राजदूत पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री हरिश्चन्द्र घिमिरेलाई म्यानमारका लागि र श्री डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल भदौ २३ गते बिहीबार । (सागर आचार्य) प्रवक्ता

फ्रान्स-नेपाल संसदीय मैत्री समुहका सभापतिबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनु भएका फ्रान्स-नेपाल संसदीय मैत्री समुहका सभापति H.E. Mr. Daniel Salmon नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबाट राष्ट्रपति भवन, महाराजगञ्‍जमा शिष्टाचार भेट भयो । उक्त भेटमा नेपाल र फ्रान्सबीच आपसी हितका विषयमा समेत छलफल भएको थियो । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू तथा नेपालका लागि फ्रान्सका राजदूतसमेतको उपस्थिति थियो । २०७९ साल भदौ २१ गते मङ्गलबार  । (सागर आचार्य) प्रवक्ता

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/५/२१ २०७९ साल भदौ २१ गते मङ्गलबार । (सागर आचार्य) प्रवक्ता

भाषा आयोगको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष भाषा आयोगका माननीय अध्यक्ष डा. लवदेव अवस्थीज्यूले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७९ साल भदौ २१ गते मङ्गलबार । (सागर आचार्य) प्रवक्ता

नेपाली सेनाको मानार्थ महारथी पद प्रदान

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय सेनाका स्थल सेनाध्यक्ष General Manoj Pande लाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गर्नुभयो । उक्त समारोहमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरूका साथै नेपालका लागि भारतका राजदूत लगायतको उपस्थिति रहेको थियो । समारोह पश्‍चात् सम्माननीय राष्ट्रपतिज्यूसमक्ष स्थल सेनाध्यक्ष General Manoj Pande ले शिष्‍टाचार भेट समेत गर्नु भयो । २०७९ भदौ २० गते सोमबार । (सागर आचार्य) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. साउदी अरेबिया H.E. Mr. Saad Nasser Abdullah Abu Haimed आवासीय २. स्लोभाक गणतन्त्र H.E. Mr. Robert Maxian गैरआवासीय २०७९ साल भदौ १० गते शुक्रबार (सागर आचार्य) प्रवक्ता H.E. Mr. Saad Nasser Abdullah Abu Haimed H.E. Mr. Robert Maxian