विश्‍व स्वास्थ्य सङ्गठनका महानिर्देशकबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनु भएका विश्‍व स्वास्थ्य सङ्गठनका महानिर्देशक महामहिम Dr. Tedros Adhanom Ghebreyeusus ले राष्ट्रपति भवन, महाराजगञ्‍जमा शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा नेपाल तथा विश्‍व स्वास्थ्य सङ्गठनबीच आपसी सहयोग बृद्धि गर्ने लगायतका विषयमा छलफल भयो । २०७९ साल वैशाख ९ गते शुक्रबार  । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

मानपदवी प्राप्त गर्नुहुने महानुभावहरूलाई विभूषित

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संविधान दिवस (राष्ट्रिय दिवस) २०७८ असोज ३ गतेका अवसरमा नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेवापत मानपदवी प्राप्त गर्नुहुने महानुभावहरूलाई विभूषित गर्नुभएको छ । २०७९ साल बैशाख १ गते बिहीबार (सागर आचार्य) प्रवक्ता  

स्थानीय तहको निर्वाचन कार्यका लागि नेपाली सेना परिचालन

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्वत् २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न “स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८” मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७८/१२/१७ को सिफारिस, मन्त्रिपरिषद्को मिति २०७८/१२/२४ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीज्यूको मिति २०७८/१२/२४ को सिफारिस बमोजिम सम्वत् २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम मिति २०७८/१२/२९ मा स्वीकृति प्रदान गर्नुभएको छ । २०७८ साल चैत Read More …

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. अष्ट्रिया H.E. Mrs. Katharina Wieser गैरआवासीय २. हंगेरी H.E. Mr. Andras Laszlo Kiraly गैरआवासीय ३. अर्जेन्टिना H.E. Mr. Hugo Javier Gobbi गैरआवासीय ४. क्यानडा H.E. Mr. Cameron Dean MacKay गैरआवासीय ५. डोमिनिकन रिपब्लिक H.E. Mr. David Emmanuel Puig Buchel गैरआवासीय २०७८ साल चैत २८ गते सोमबार (सागर आचार्य) प्रवक्ता Read More …

राष्ट्रिय सभा सदस्यमा मनोनीत

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट  नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा श्री नारायण प्रसाद दाहाल, चितवनलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नु भएको छ । २०७८ साल चैत २५ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता

सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश तथा न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्ष श्री दीपककुमार कार्कीज्यूबाट नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७८ साल चैत २५ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता  

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नवनियुक्त माननीय मन्त्री श्री गोविन्द प्रसाद शर्मा (कोइराला) ज्यूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । २०७८ साल चैत २४ गते बिहीबार । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति एवं कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री गोविन्द प्रसाद शर्मा (कोइराला) लाई मन्त्री पदमा नियुक्त गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्ने गरी र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका माननीय मन्त्री श्री दिलेन्द्रप्रसाद बडूलाई हाल सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी  नियुक्ति एवं कार्यभार तोक्नु भएको छ । २०७८ साल चैत २४ गते बिहीबार । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

अध्यादेश जारी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ २. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ ३. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ ४. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ ५. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ २०७८ साल चैत्र २२ गते मंगलबार । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

कार्यभार तोक्नुभएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू  मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि सम्वत् २०७८ साल चैत्र १८ गते शुक्रबार मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नुहुने भएकोले वहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय गृहमन्त्री श्री बालकृष्ण खाँणज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ । २०७८ साल चैत १८ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता