गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम जर्मनीका लागि नेपालको आवासीय राजदूत श्री रामकाजी खड्कालाई गणतन्त्र पोल्याण्ड, हंगेरी र चेक गणतन्त्रका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७८ साल पुस २६ गते सोमबार (सागर आचार्य) प्रवक्ता

BIMSTEC का महासचिवबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation (BIMSTEC) का महासचिव महामहिम श्री Tenzin Lekphell ले राष्ट्रपति भवन, महाराजगञ्ज, काठमाडौंमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा बिमस्टेक प्रकृयालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने बिषयमा  कुराकानी भयो । उक्त भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति थियो  । २०७८ साल पुस २१ गते बुधबार (सागर आचार्य) प्रवक्ता  

कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्‌का माननीय रक्षा मन्त्री डा. मीनेन्द्रप्रसाद रिजालले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा रक्षा मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । २०७८ साल पुस ५ गते सोमबार (सागर आचार्य) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. नाइजेरिया H.E. Mr. Ahmed Sule गैरआवासीय २. इथोयोपिया H.E. Mrs. Tizita Mulugeta Yiman गैरआवासीय ३. रुवाण्डा H.E. Ms. Jacqueline MUKANGIRA गैरआवासीय ४. लक्जमबर्ग H.E. Mrs. Peggy Frantzen गैरआवासीय ५. स्लोभेनिया H.E. Ms. Mateja Vodeb Ghosh गैरआवासीय २०७८ साल मङ्‌सिर २४ गते शुक्रबार (सागर आचार्य) प्रवक्ता H.E. Mr. Ahmed Sule, Nigeria H.E. Mrs. Tizita Mulugeta Yiman, Ethiopia Read More …

राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री तप बहादुर मगरज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु  भयो । २०७८ साल मङ्‌सिर २३ गते बिहीबार । (सागर आचार्य) प्रवक्ता

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/८/१६ को सिफारिसमा सम्वत् २०७८ साल मङ्‌सिर २८ गते मङ्‌गलबारका दिन १४:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । २०७८ साल मङ्‌सिर १६ गते बिहीबार (सागर आचार्य) प्रवक्ता

अध्यादेश जारी

विज्ञप्ति   सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ २. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ ३. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ ४. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ ५. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ ६. रेल्वे अध्यादेश, २०७८ २०७८ साल मंसिर १५ गते बुधबार । (सागर आचार्य) प्रवक्ता

ओहदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. सिंगापुर H.E. Mr. Simom Wong Wie Kuen गैरआवासीय २. न्युजिल्याण्ड H.E. Mr. David Gregory Pine गैरआवासीय ३. होली सी H.E. Most Reverend Leopoldo Girelli गैरआवासीय ४. टर्की H.E. Mr. Firat Sunel गैरआवासीय ५. रोमानिया H.E. Mrs. Daniela Mariana Sezonov-Tane गैरआवासीय २०७८ साल मङ्‌सिर ८ गते बुधबार (सागर आचार्य) प्रवक्ता Read More …

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेमकुमार राईज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु  भयो । २०७८ साल कात्तिक २९ गते सोमबार । (सागर आचार्य) प्रवक्ता

प्रदेशको प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा १६७ बमोजिम देहायका प्रदेश प्रमुखहरूले देहायको प्रदेशको प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । तपसिल क्र.सं. नामथर प्रदेश १ श्री परशुराम खापुङ्ग, तेह्रथुम प्रदेश नं. १ २ श्री तिलक परियार, बाँके कर्णाली प्रदेश ३ श्री देवराज जोशी, बाजुरा सुदूरपश्चिम प्रदेश २०७८ कात्तिक २५ गते बिहीबार (सागर आचार्य) प्रवक्ता