मौजुदा मन्त्रिपरिषद्‍मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन 1.               श्री  केपी  शर्मा ओली प्रधानमन्त्री रक्षा 2.               श्री  विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री अर्थ 3.               श्री रघुबीर महासेठ उपप्रधानमन्त्री परराष्ट्र 4.              श्री राजेन्द्र महतो उपप्रधानमन्त्री शहरी विकास 5.               श्री खगराज अधिकारी मन्त्री गृह 6. श्री शरतसिंह भण्डारी मन्त्री ऊर्जा,  जलस्रोत तथा सिंचाई 7.               श्री कृष्णगोपाल श्रेष्ठ मन्त्री शिक्षा,  विज्ञान तथा प्रविधि 8.              Read More …

अध्यादेश जारी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

मौजुदा मन्त्रिपरिषद्‍ नियुक्ति, हेरफेर र कार्यविभाजन

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन 1.               श्री केपी शर्मा ओली प्रधानमन्त्री उद्योग, बाणिज्य तथा आपूर्ति; कृषि तथा पशुपन्छी विकास; गृह; रक्षा;  वन तथा वातावरण; सङ्‍घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि 2. श्री विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री अर्थ 3. श्री रघुबीर महासेठ उपप्रधानमन्त्री परराष्ट्र 4. श्री राजेन्द्र महतो उपप्रधानमन्त्री शहरी विकास 5. श्री शरतसिंह भण्डारी मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाई Read More …

उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) तथा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ३ को उपदफा १ को खण्ड (घ) बमोजिमको रिक्त पदमा सोही ऐनको दफा (३) को उपदफा (२) को व्यवस्था अनुसार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य (लुम्बिनी प्रदेश) उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम निर्वाचन आयोगबाट पेश भयो । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७८ साल जेठ १९ गतेका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम बेल्जियमका लागि नेपालको आवासीय राजदूत श्री गेहेन्द्र राजभण्डारीलाई लक्जेमबर्गका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (रुपनारायण भट्टराई) प्रवक्ता

अध्यादेश जारी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. आर्थिक अध्यादेश, २०७८ २. विनियोजन अध्यादेश, २०७८ ३. राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सजाय माफी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२, सर्वोच्च अदालतको संयुक्त इजलासबाट मिति २०७७/४/१९ मा भएको परमादेश (रिट नं. ०७६-WO-०९३९) को आदेश, मुलुकी अपराध संहिता, २०७४ को दफा ४५ को उपदफा (४) तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा (४) र फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/२/१३ गतेको सिफारिसमा  मिति २०७८/२/१५ गते देखि लागू हुने गरी डिल्ली लंवा लिम्बू समेत ४३० (चार सय तीस) जना कैदीहरुको भुक्तान हुन Read More …

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) तथा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ३ को उपदफा १(घ) बमोजिमको रिक्त पदमा सोही ऐनको दफा (३) को उपदफा (२) को व्यवस्था अनुसार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम निर्वाचन आयोगबाट पेश भयो । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

अध्यादेश जारी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७८ साल जेठ ९ गते का दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत श्री लोकदर्शन रेग्मीलाई आयरल्याण्ड तथा गणतन्त्र माल्टाका लागि र जर्मनीका लागि नेपालको आवासीय राजदूत श्री रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ। (केशव प्रसाद घिमिरे) सहायक  प्रवक्ता