मन्त्रीपदमा नियुक्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री रामबहादुर थापालाई मन्त्रीपदमा नियुक्ति गरी गृह मन्त्रालयको कार्यभार तोक्नु भएको छ । (रूपनारायण भट्टराई) प्रवक्ता

ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७८ साल वैशाख ३ गते, शुक्रबारका दिन सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय १. जापान H.E. Mr. Kikuta Yutaka आवासीय २. डेनमार्क H.E. Mr. Freddy Svane गैरआवासीय ३. ग्रीस H.E. Mr. Dionyssios Kyvetos गैरआवासीय ४. बुल्गेरिया H.E. Mrs. Elonora Dimitrova गैरआवासीय (रूपनारायण भट्टराई) प्रवक्ता जापान डेनमार्क ग्रीस बुल्गेरिया  

मानपदवीबाट विभिन्‍न महानुभावहरूलाई विभूषित

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम २०७७ साल असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा घोषित विभूषणहरू मध्ये विभिन्‍न मानपदवीबाट आज मिति २०७८ साल बैशाख १ गते बुधबारका दिन राष्ट्रपति भवनमा आयोजित विशेष समारोहका बीच विभिन्‍न महानुभावहरूलाई विभूषित गर्नु भएको छ । (रूपनारायण भट्टराई) प्रवक्ता

नवनियुक्त माननीय मन्त्रीज्यूहरुबाट मन्त्री पदको पद तथा गोपनीयताको शपथ

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम तपसिल बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरुले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । क्र.सं. नाम, थर पदनाम कार्यविभाजन १.               श्री टोपबहादुर रायमाझी मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ २.               श्री लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति ३.               श्री प्रभु साह मन्त्री शहरी विकास ४.              श्री गौरीशंकर चौधरी मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा (रूपनारायण भट्टराई) प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७७ साल चैत २७ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम पाकिस्तानका लागि नेपालको आवासीय राजदूत श्री तापस अधिकारीलाई इस्लामिक गणतन्त्र इरानका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (रूपनारायण भट्टराई) प्रवक्ता  

सम्माननीय राष्ट्रपतिज्यूबाट मन्त्री नियुक्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहायअनुसार नियुक्ति गरी कार्यभार समेत तोक्नु भएको छ । क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन 1.               श्री टोपबहादुर रायमाझी मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई 2.               श्री लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति 3.               श्री प्रभु साह मन्त्री सहरी विकास 4.              श्री गौरीशंकर चौधरी मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा (रूपनारायण भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्‍न महानुभावहरूलाई मानपदवीबाट विभूषित

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम संविधान दिवस (राष्ट्रिय दिवस), २०७६ को अवसरमा घोषणा भएको मानपदवी, अलंकार र पदकहरू मध्ये आज मिति २०७७ साल चैत २७ गते शुक्रबारका दिन राष्ट्रपति भवनमा आयोजित विशेष समारोहका बीच विभिन्‍न महानुभावहरूलाई विभिन्‍न मानपदवीबाट विभूषित गर्नु भएको छ । (रूपनारायण भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू  मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू  मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशका महामहिम राष्ट्रपति मो. अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सम्वत् २०७७ साल चैत्र ९ गते सोमबारका दिन राजकीय भ्रमणमा मित्रराष्ट्र जनबादी गणतन्त्र बंगलादेश प्रस्थान गर्नु भई आज मिति २०७७ साल चैत्र १० गते मङ्गलबार भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भयो । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

प्रेस विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशका महामहिम राष्ट्रपति मो. अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सम्वत् २०७७ साल चैत्र ९ गते सोमबारका दिन राजकीय भ्रमणको सिलसिलामा मित्रराष्ट्र जनबादी गणतन्त्र बंगलादेशतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिज्यूबाट सम्पादन हुने व्यहोरा जानकारीको लागि अनुरोध छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता  

नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा  नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौं महानगरपालिका वडा नं. ७, चावहिल निवासी अधिवक्ता श्री रमेश वडाललाई  नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ । (रूपनारायण भट्टराई) प्रवक्ता