कार्यक्रमहरू नहुने सम्बन्धी प्रेस विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्‍न शक्ति पिठहरूमा दर्शनार्थ सरिक हुनुहुने साथै सम्माननीयज्यूले विजया दशमीको दिन इच्छुक महानुभावहरूलाई टीका प्रदान गर्नुहुने परम्परा रहेकोमा यस पटक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को कारण उक्त सबै कार्यक्रमहरू नहुने व्यहोरा जानकारीको लागि अनुरोध छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट राजदूत नियुक्ति

आज मिति २०७७ साल कात्तिक ६ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियम अधिराज्यका लागि श्री गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि श्री तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि श्री रामकाजी खड्कालाई आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट “कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष” लाई सहयोग प्रदान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित “कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष“ मा जम्मा हुने गरी यस आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च वापत प्राप्त हुने रकम प्रदान गर्नु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ । मिति २०७७ कात्तिक ५ गते, बुधबार (हरि प्रसाद दहाल) प्रवक्ता

आयोगहरूको वार्षिक प्रतिवेदन ग्रहण

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा २९४ बमोजिम तपसिल बमोजिमका आयोगहरुबाट आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश भयो । क्र.सं. आयोगको नाम १ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग २ राष्ट्रिय समावेशी आयोग ३ मधेशी आयोग ४ थारु आयोग   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय मन्त्रीज्यूहरूबाट मन्त्री पदको पद तथा गोपनीयताको शपथ

आज मिति २०७७ साल असोज २९ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम तपसिल बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरूले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । क्र.सं. नाम, थर पदनाम कार्यविभाजन १.               श्री विष्णुप्रसाद पौडेल मन्त्री अर्थ मन्त्रालय २.               श्री कृष्णगोपाल श्रेष्ठ मन्त्री सहरी विकास मन्त्रालय ३.               श्री लिलानाथ श्रेष्ठ मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (हरि प्रसाद दहाल) प्रवक्ता

मन्त्रिपरिषद् गठन

आज मिति २०७७ साल असोज २८ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहायबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन गरी देहायबमोजिम मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं.   नाम, थर पद कार्यविभाजन १.               श्री केपी शर्मा ओली प्रधानमन्त्री रक्षा २.               श्री ईश्‍वर पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ३.               श्री रामबहादुर थापा मन्त्री गृह ४.              श्री विष्णुप्रसाद पौडेल मन्त्री अर्थ ५.               श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्‍ट्र ६.               श्री हृदयेश त्रिपाठी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन ७.             Read More …

सम्माननीय राष्ट्रपतिज्यू समक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूतबाट शिष्टाचार बिदाइ भेट

आज मिति २०७७ साल असोज १२ गते, सोमबार सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत H.E. Mr. Peter Budd ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा अष्ट्रेलियाका राजदूतलाई बधाई दिनुहुँदै भविष्यमा नेपाल र अष्ट्रेलिया बीचको सम्बन्ध अझ सुदृढ हुने विश्‍वास व्यक्त गर्नुभयो । (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाटअध्यादेश जारी

आज मिति २०७७ साल असोज १२ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ २. फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ ३. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७ (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्‍ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७७ साल असोज ११ गते, आइतबारका दिन सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्रमन्त्री  श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय १. गणतन्त्र कोरिया H.E. Mr. Park Chong-Suk आवासीय २. युरोपियन युनियन (EU) H.E. Ms. NONA Deprez आवासीय (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू समक्ष नेपालका लागि पाकिस्तानका राजदूतबाट शिष्टाचार बिदाइ भेट

आज मिति २०७७ साल असोज ५ गते, सोमबार सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि पाकिस्तानका राजदूत H.E. Mr. Mazhar Javed ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा पाकिस्तानका राजदूतलाई बधाई दिनुहुँदै भविष्यमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ सुदृढ हुने विश्‍वास व्यक्त गर्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र पाकिस्तानबीच साँस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तारका लागि पारस्परिक सहकार्यको सम्भावना रहेको उल्लेख गर्नुहुँदै छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले पाकिस्तानसँगको सम्बन्धलाई सधैँ उच्‍च महत्त्व दिँदै आएको विचार व्यक्त गर्नुभयो । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता