सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७७ साल असार १५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १ आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यको लागि सङ्‍घीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था  गर्न बनेको विधेयक २ नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ३ राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक ४ ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक ५ केही Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७७ साल असार ११ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १ शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २ खेलकुद विकास सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ३ रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७७ साल असार ११ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १ शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २ खेलकुद विकास सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ३ रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट

आज मिति २०७७ साल असार १० गते बुधबारका दिन अपरान्ह ५:०० बजे राष्ट्रपति भवन शीतल निवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले देशको समसामयिक विषयमा छलफल गर्न सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यू, राष्ट्रियसभाका सम्माननीय अध्यक्षज्यू, माननीय उपप्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरू, माननीय मन्त्रीज्यू लगायत संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका अध्यक्षज्यूहरू एवं वरिष्ठ नेताहरूसँग भेटघाट गर्नुभयो । उक्त भेटघाटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नयाँ नक्सामा समावेश गरी संविधानमा निशान छाप कायम गर्नका लागि संविधान संशोधन गर्ने सवालमा दलहरू बीच देखा परेको अभूतपूर्व राष्ट्रिय एकताप्रति आफू ज्यादै खुसी भएको कुरा व्यक्त गर्नुहुँदै धन्यवाद दिनुभयो । सम्माननीय Read More …

विधेयक प्रमाणीकरण

आज मिति २०७७ साल असार ४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । (हरि प्रसाद दहाल) प्रवक्ता  

राजदूतबाट शिष्टाचार विदाई

आज मिति २०७७ साल जेठ ३० गते, शुक्रबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत महामहिम Mr. Park Youngsik ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा दक्षिण कोरिया र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो ।   (हरि प्रसाद दहाल) प्रवक्ता

वृक्षारोपण कार्यक्रम २०२०

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू विश्व वातावरण दिवस ५ जुन २०२० को अवसरमा राष्ट्रपति कार्यालय परिसरमा आयोजित वृक्षारोपण कार्यक्रममा सरिक हुँदाका केहि झलकहरू

विधेयक प्रमाणीकरण

आज मिति २०७७ साल जेठ २० गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १ प्रमाण ऐन, २०३१  लाई संशोधन गर्न बनेको विधेयक   (हरि प्रसाद दहाल) प्रवक्ता

कैद सजाय माफी मिनाहा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ , फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २३३ (दुई सय तेत्तीस) जना कैदीहरुको बाँकी कैद सजाय माफी मिनाहा भएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता  

सजाय माफी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कपिल देव  साह कानूसमेतका ८ (आठ) जना व्यक्तिहरुलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी  भएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता