सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “माघेसङ्क्रान्ति/मकरसङ्क्रान्ति/माघीपर्व, २०७६” का अवसरमा व्यक्त शुभकामना सन्देश
[vc_row][vc_column][vc_column_text] “माघेसङ्क्रान्ति/मकरसङ्क्रान्ति/माघीपर्व, २०७६” को शुभकामना सन्देश विभिन्न समुदायहरूद्वारा मनाउने माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति/माघी चाडको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । यस पर्वमा स्नान, दान, पूजाअर्चना, मनोरञ्जन साथै मिष्ठान्न भोजन गर्दै मनाउने प्रचलन रहि आएको छ । थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा समेत धुमधामसँग मनाइन्छ । विशिष्ट मौलिक साँस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वहरूले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । हाम्रा पर्वहरूले साँस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य योगदान पुर्याएको मैले विश्वास लिएको Read More …