सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उधौली पर्व, २०७६को अवसरमा दिनु भएको शुभकामना सन्देश

उधौली पर्व, २०७६को शुभकामना सन्देश किराँत समुदायको महान पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल विभिन्‍न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको छ । उधौली जस्ता चाडपर्वले हाम्रो साँस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‍भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् । यस प्रकारका चाडपर्वहरूले सामाजिक एवम् पारिवारिक जमघट गराउन र समुदायका बीचमा आपसी सम्बन्धलार्इ सुमधुर बनाउन सहयोग गरेका छन् । अन्तमा, प्रकृतिसँग अभिन्‍न सम्बन्ध रहेको किराँत समुदायको उधौली पर्वले Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्‍व मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्‍व मानव अधिकार दिवस (१० डिसेम्बर) को शुभकामना सन्देश ७१ औँ विश्‍व मानव अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । मानव अधिकारको उपयोगमा आफ्नो कर्तव्य पुरा गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताजस्ता कुराहरूलाई समेत मनन गर्नुपर्छ। विश्वव्यापीरूपमा स्थापित मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्‍चितता नेपालको संविधानले गरेको छ । साथै मानव अधिकारको प्रवर्द्धन र कार्यान्वयनका लागि विभिन्‍न निकायहरूसमेत क्रियाशिल रहेका छन् यो खुसीको विषय हो । अन्तमा, यस दिवसले सम्बद्ध पक्ष र निकायलाई मानव अधिकारको मर्म र भावनालाई आत्मासात गर्दै मानव जातिका साझा Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट अपाङ्गता भएका व्यक्तिहरूको २८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा व्यक्त शुभकामना सन्देश

२८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना सन्देश “दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य” भन्ने राष्ट्रिय संकल्पका साथ मनाउन लागिएको अपाङ्गता भएका व्यक्तिहरूको २८औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा फरकक्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको संविधानले न्याय र समानतामा आधारित सामाजिक आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको सन्दर्भमा फरकक्षमता भएका व्यक्तिहरूलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व हो । नेपालमा फरकक्षमता भएका व्यक्तिहरूको अधिकार प्रबर्द्धनका साथै संयुक्त राष्ट्रसंघीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकारहरू सुनिश्चितताका लागि राज्य थप संवेदनशील बनेर कार्यान्वयन तहमा जानु पर्दछ भन्ने मलाई लागेको छ । फरकक्षमता भएका व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य तथा रोजगारीमा पहुँच, अपाङ्गतामैत्री Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विवाह पञ्‍चमीको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश

विवाह पञ्‍चमीको शुभकामना सन्देश मार्ग शुक्ल पञ्‍चमी तिथिका दिन भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्‍न भएको विशेष सम्झनामा मनाईने विवाह पञ्‍चमीको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आदिकालमा ज्ञान, शिक्षा र साँस्कृतिक वैभवले सम्पन्‍न मिथिला भूमिमा रहेको आदर्श राज्य र राजश्री जनकको महिमाको गायन युगौं युगदेखि हुँदै आएको छ । यस्तो गौरवपूर्ण स्थलमा हुने विवाह पञ्‍चमी महोत्सवको आफ्नै ऐतिहासिक महत्व छ । यस्ता पर्वहरूले आदर्श एवम् उच्च मर्यादित समाज निर्माण र राष्ट्रिय एकताको भावना जागृत गर्न सहयोग पुर्‍याउने विश्‍वास मैले लिएको छु । अन्तमा, प्राचीन साँस्कृतिक पर्व विवाह पञ्‍चमीले हामीहरुबीच आपसी मेलमिलाप, Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७६ का अवसरमा दिनुभएको शुभकामना सन्देश

महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७६ को शुभकामना सन्देश संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरे बमोजिम “समानताको पुस्ता: बलात्कार विरुद्ध ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्‍न कार्यक्रमहरु आयोजना गरी मनाउन लागिएको उपलक्ष्यमा विश्वभरका महिला दिदीबहिनीहरुको सुख, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । कानूनले निषेध गरेका वोक्सी, छाउपडी, दाइजो जस्ता अन्धविश्वास र कुप्रथाको कारण  धेरै नेपाली महिलाहरु हिंसा, विभेद र अपमानका पीडा खप्न वाध्य छन् । यसर्थ महिला विरुद्ध हुने सबै खालका हिंसा अन्त्यको लागि कानुनको अक्षरस कार्यान्वयन साथै शिक्षा Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गुरू नानक जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

गुरू नानक जयन्तीको शुभकामना सन्देश शिख धर्मावलम्बीहरुको विशेष पर्व गुरू नानक जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण शिख धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । गुरु नानकले समाजमा शान्ति, सद्‌भाव, धर्म रक्षा र मानव कल्याणका लागि सबै धर्महरुका बीचमा सद्‌भाव कायम राख्‍नका लागि गर्नुभएको मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्‍भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सवल बनाउन सकिने विश्वास मैले लिएको छु।   अन्तमा, समाजमा विद्यमान जातीय विभेद्को अन्त्य गरी सामाजिक न्याय, समानता तथा भ्रातृत्व कायम गर्नुपर्ने गुरू नानकको सन्देश बमोजिम आ-आफ्नो स्थान र भूमिकाबाट योगदान पु-याउने प्रेरणा मिलोस् भन्दै Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट फाल्गुनन्द जयन्तीको अवसरमा व्यक्त शुभकामना सन्देश

फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश किराँत धर्मावलम्बीहरुका महागुरु फाल्गुनन्द जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । फाल्गुनन्दले किराँत धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा उच्च कदर गर्दै सरकारले उहाँलाई राष्ट्रिय विभूति घोषणा समेत गरेको छ । पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा लगायतका पूर्वी पहाडी जिल्लाहरुमा धार्मिक अनुष्ठान, पूजापाठ लगायतका कार्यक्रम आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ। फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्‍भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सवल बनाउन सकिने विश्वास मैले लिएको छु।    अन्तमा, राष्ट्रगौरव राष्ट्रिय विभूतिको Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “छठ पर्व, २०७६” को अवसरमा दिनुभएको शुभकामना सन्देश

 “छठ पर्व, २०७६” को शुभकामना सन्देश छठ पर्व, २०७६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकताका साथै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । छठ पर्वमा सूर्य देवता र छठी माताको पूजा आराधना गरी हर्षोल्लासपूर्वक मनाइने प्रचलन रहिआएको छ । यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्‍भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्‍ने मैले विश्वास लिएको छु । यस पर्वले पारिवारिक जमघट गराउँदै आपसी तिक्तता मेटाएर सुमधुर सम्बन्ध कायम गर्ने अवसर जुटाई बलियो पारिवारिक र सामाजिक Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “नेपाल सम्वत्, ११४०” को अवसरमा दिनुभएको शुभकामना सन्देश

 “नेपाल सम्वत् ११४०” को शुभकामना सन्देश नेपाल सम्वत् ११४० को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको मौलिक सम्वत्‌को रूपमा रहेको नेपाल सम्वत्‌ले सबै नेपालीहरूमा सहिष्णुता, भाइचारा र आपसी सद्‌भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको छु । नेपाल सम्वत्‌को नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै सबैमा हर्सोल्लासको कामनासहित हार्दिक शुभेच्छा व्यक्त गर्दछु । धन्यवाद ! २०७६ साल कार्तिक १२ गते, मंगलबार ।

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “तिहार पर्व, २०७६” को अवसरमा दिनुभएको शुभकामना सन्देश

 “तिहार पर्व, २०७६” को शुभकामना सन्देश तिहार पर्व, २०७६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यमपञ्चकको पाँच दिनसम्म मनार्इने यस पर्वमा पशुपंक्षी र वनस्पतिलाई सम्मान स्वरूप प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवर्द्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको छ। तिहारको अन्तिम दिन मनाईने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको छ । यस पर्वको अभिन्न अंगको रूपमा रहेको देउसी-भैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, Read More …