सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालीहरूको महान चाड “वडा दशैं/विजयादशमी, २०७६” का अवसरमा ब्यक्त शुभकामना सन्देश

नेपालीहरूको महान चाड “वडा दशैं/विजयादशमी, २०७६” को शुभकामना सन्देश नेपालीहरूको महान चाड वडा दशैं/विजयादशमी, २०७६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु ।   विजयादशमी पर्व असत्यमाथि सत्यको विजय हासिल भएको मान्यता र प्रतीकको रूपमा मनाइने विशेष महत्वको चाड हो । यो पर्व घटस्थापनादेखि प्रारम्भ भई नवरथा हुँदै कोजाग्रत पुर्णिमासम्म विविध साँस्कृतिक क्रियाकलाप एवं उत्सवका साथ मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्दै पारिवारिक जमघट एवं पुनर्मिलन गराई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको छ। यस पर्वले सबै नेपालीलाई Read More …

सम्माननीय राष्ट्रपतिज्यूले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभकामना सन्देश अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबर २०१९ (२०७६ साल असोज १४)  को अवसरमा राष्ट्रका सम्पूर्ण आदरणीय ज्येष्ठ नागरिकहरूको सुखी, स्वस्थ र सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस वर्षको ज्येष्ठ नागरिक दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले “THE JOURNEY TO AGE EQUALITY” भन्ने अन्तर्राष्ट्रिय नारा निर्धारण गरेको छ । उक्त नाराले दिने सन्देशलाई सार्थक तुल्याउन हामीले सबै क्षेत्रमा ज्येष्ठ नागरिकको सम्मान गर्न जरूरी छ । यस अवसरमा म ज्येष्ठ नागरिकको हक अधिकारका लागि अमूल्य योगदान दिने सम्पूर्ण ज्येष्ठ नागरिक तथा अभियन्ताहरूलाई उच्च सम्मान र आदर व्यक्त गर्दछु । यस दिवसको अवसरमा महिला, बालबालिका तथा Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “जितीया पर्व, २०७६” का अवसरमा ब्यक्त शुभकामना सन्देश

जितीया पर्व, २०७६ को शुभकामना सन्देश नेपाली नारीहरुको विशेष पर्व जितीयाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्‍भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस पर्वमा नारीहरुले परिवारजनको सुस्वास्थ एवम् समृद्धिको कामना गर्दै ब्रत बसेर पूजा आराधना गर्ने प्रचलन रहेको छ ।बहुजाति, बहुभाषा, बहुसंस्कृति जस्ता विविधतायुक्त विशेषताले हाम्रो मुलुकमा मनाइने बिभिन्न चाडपर्वहरुलार्इ मौलिक तुल्याएका छन्।  नेपाली मौलिक साँस्कृतिक सम्पदाको सम्वर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सृजना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक छ । अन्तमा, Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “संविधान दिवस तथा राष्ट्रिय दिवस,२०७६” को अवसरमा व्यक्त शुभकामना सन्देश

 संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ को शुभकामना सन्देश नेपालको इतिहासमा पहिलो पटक संविधानसभाबाट विक्रम सम्बत् २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण र जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप आज संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्‍भाव कायम हुन सकोस्, भनी हार्दिक शुभकामना व्यक्त गर्दछु। नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गर्दै मानवअधिकार प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको छ । तीन तहका सरकारहरू संचालनमा आएसँगै त्यस अनुरुप संरचनाहरु Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट कुमारी ईद्रजात्रा पर्व, २०७६ का अवसरमा ब्यक्त शुभकामना सन्देश

कुमारी ईद्रजात्रा पर्व, २०७६ को शुभकामना सन्देश काठमाडौँ उपत्यका लगायतका स्थानहरुमा मनाइने  धार्मिक-साँस्कृतिक महत्वको कुमारी ईन्द्रजात्रा पर्वको शुभ-अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । ईन्द्रजात्रा अनमोल ऐतिहासिक र साँस्कृतिक धरोहरको पहिचान बोकेको काठमाडौंमा विशेष उत्साहका साथ आठ दिनसम्म वर्षा र सहकालका देवता ईन्द्र पूजन एवम् बिभिन्‍न देवी देवतासँग सम्बन्धित नाच, गान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै मनाउने चलन छ। यस्ता परम्परा एवम् साँस्कृतिक पर्वहरुले सबै नेपालीहरूबीच विविधतामा एकता, सामाजिक र साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्‍भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट हरितालिका तीज, २०७६ को अवसरमा ब्यक्त शुभकामना सन्देश ।

हरितालिका तीज, २०७६ को अवसरमा ब्यक्त शुभकामना सन्देश । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्‍भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु। साँस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर भगवान शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहिआएको छ। यस्ता पर्वले नेपालीहरुलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्‍भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जन गर्ने अवसर समेत प्रदान गर्दै आएका छन्। नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट गौरा पर्व, २०७६ का अवसरमा ब्यक्त शुभकामना सन्देश

गौरा पर्व, २०७६ को शुभकामना सन्देश विशिष्ट साँस्कृतिक महत्व बोकेको गौरा पर्वको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । हाम्रो समाजमा गौरा पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको छ । यस्ता लोक परम्परा एवम् साँस्कृतिक पर्वहरूले विविधतामा एकता, सामाजिक र साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्‍भाव अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएका छन् । अन्तमा, गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सबैमा उत्साह एवं उमंग जागृत गर्न सहयोग पुर्‍याउने विश्वास लिएको छु ।  धन्यवाद ! मिति २०७६ भाद्र ६ गते, Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्रीकृष्ण जन्माष्टमीका अवसरमा ब्यक्त शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमी पर्व, २०७६ को शुभकामना सन्देश श्रीकृष्ण जन्माष्टमीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । हाम्रा साँस्कृतिक सम्पदा, प्रचलन र मान्यताहरू राष्ट्रिय जीवनका अमूल्य निधि हुन् । मुलुकको सभ्यता र सम्पन्नताको सूचक समेत मानिने यस्ता मौलिक परम्परा र संस्कृतिको प्रबर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो । यस प्रकारको ऐतिहासिक साँस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँध्नुका साथै सामाजिक तथा धार्मिक सहिष्णुता एवं सद्‍भाव अभिबृद्धि गर्न ठूलो मद्दत पुर्‍याएको छ ।   अन्तमा, श्रीकृष्ण जन्माष्टमी पर्वले हामी बीच सदाचार, सत्कर्म, प्रेम र करुणा जागृत गर्न सकोस् भनी हार्दिक Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट बकर ईद (इदुल जोहा) पर्वको अवसरमा व्यक्त शुभकामना सन्देश

बकर ईद (इदुल जोहा) पर्वको शुभकामना सन्देश ईस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद (इदुल जोहा) को शुभ-अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्‍भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिबृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्द्धनमा  महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु । हाम्रो साझा साँस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराहरूको संरक्षण तथा सम्बर्द्धनले पर्यटन प्रबर्द्धनमा सघाउ पुग्न गई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प हासिल गर्न मद्दत पुग्नेमा म विश्वस्त छु । अन्तमा, बकर ईद पर्वले Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट इदुल फित्र पर्व, २०७६ का अवसरमा व्यक्त शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरुको महान् इदुल फित्र पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । इस्लाम धर्मावलम्बीमा एक महिना लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्दै आफन्तहरुबीच खुशी साटासाट गरी विशेष रूपमा यो पर्व मनाउने गरिन्छ। धार्मिक तथा सांस्कृतिक विविधताकाबीच राष्ट्रिय एकता र सहिष्णुताको आदर्श नमुनायुक्त यस किसिमका पर्वहरुले नेपालीहरुकाबीच आपसी सद्‌भाव थप मजबूत हुने साथै मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्द्धनमा महत्वपूर्ण योगदान पुग्नेमा म विश्वस्त छु । अन्तमा, यस पर्वले सबै समुदायका नेपालीहरुका बीच राष्ट्रिय एकता, सहिष्णुता र सद्‍भाव कायम गरी समृद्ध र विकसित Read More …