संविधान दिवस तथा राष्ट्रिय दिवस २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको सन्देश
नेपाली जनताको लामो संघर्ष, वलिदान र प्रतिक्षापछि संविधान सभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिन आज असोज ३ गते तेस्रो संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल अहिले एक महत्वपूर्ण ऐतिहासिक चरणमा रहेको छ । संविधान जारी भएपछि सम्पन्न गर्नु पर्ने स्थानिय तहको निर्वाचन सम्पन्न भैसकेको छ भने प्रादेशिक र संघीय निर्वाचन घोषणा भएर त्यसको तयारीमा हामी जुटिरहेका छौँ ।यी सवै निर्वाचनले राज्य संचालनका Read More …