सोनमल्होसार २०७३ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश
तामाङ्ग समुदायको महान पर्व “सोनमल्होसार” को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तामाङ्ग समुदायहरुमा सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जातीय तथा धार्मिक–सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा तामाङ्ग समुदायले यस पर्वलाइ नयाँ वर्ष र न्वाँगी पूजाका रुपमा हर्षोल्लासपूर्वक धूमधामले मनाउने गर्दछन् । आपसी मनोरञ्जन र खुशी साटासाट गरी मनाइने यस पर्वले हामीबीच बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्न मद्दत पुर्याउने छ । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संबर्द्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो दायित्व समेत हो । विविधताले भरिपूर्ण सिंगो नेपाली संस्कृतिभित्रको तामाङ्ग जाति तथा समुदायको संस्कृति आफैंमा मौलिक, Read More …