सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मेलम्ची खानेपानी आयोजनाको पानी वितरण उद्घाटन समारोहलाई गर्नु भएको सम्बोधन

सम्माननीय प्रधानमन्त्री, माननीय उपप्रधानमन्त्री, माननीय मन्त्रीहरू, माननीय सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, राष्ट्रसेवकहरू, भद्रमहिला तथा सज्जनवृन्द । हाम्रो देशको राष्ट्रिय गौरवको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको प्रथम चरणको निर्माण कार्य सम्पन्न प्रायः भई घरघरमा पानी वितरणको शुभारम्भ भएको यो अवसरमा खुशी व्यक्त गर्दछु । यसको सफल कार्यान्वयनसहित दिगो संरक्षणको लागि शुभकामना पनि प्रकट गर्दछु । आजको यस अवसरमा आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न सुरुवातदेखि नै संलग्न हुने राजनीतिज्ञ, योजनाविद, प्राविधिक, दातृ निकाय तथा राष्ट्रसेवकहरूको योगदानको म स्मरण गर्दै आभार व्यक्त गर्दछु । बढ्दो जनसंख्यासँगै काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्तिमा देखिएको समस्यालाई दिगो रूपमा समाधान गर्नका लागि पानीको स्रोत खोजी गर्ने सन्दर्भमा सिन्धुपाल्चोक जिल्लामा अवस्थित Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

माननीय अर्थमन्त्री, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष लगायत पदाधिकारी एवं सदस्यहरू, उपस्थित राष्ट्रसेवकहरू, भद्रमहिला तथा सज्जनवृन्द, मुलुकको वाणिज्य तथा व्यापार प्रवर्द्धनको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपाल चेम्बर अफ कमर्सले ७० औँ वर्ष पूरा गरेको उपलक्ष्यमा हार्दिक बधाई दिँदै यस संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । सात दशकअघि प्रजातन्त्रको उदयसँगै व्यापारी व्यावसायीहरूले नेपाल चेम्बर अफ कमर्स जस्तो प्रतिष्ठित संस्था स्थापना गरी मुलुकको आर्थिक विकासमा निरन्तर योगदान पुर्‍याउँदै आउनु भएकोमा सराहना गर्दछु । साथै, यस अवसरमा सम्मानित हुनुहुने वर्तमान तथा पूर्व अध्यक्षहरूको योगदानको स्मरण गर्न चाहन्छु । हाम्रो साँस्कृतिक विरासतले सर्वेभवन्तु सुखीनः सर्वे सन्तु निरामयाः, सर्वे भद्राणी पश्यन्तु मा कश्चित Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७७ का अवसरमा गर्नुभएको सम्बोधन

माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री, नातिकाजी स्मृति समाजका अध्यक्ष तथा पदाधिकारीहरू, वरिष्ठ गायक प्रेमध्वज प्रधान, कला र संगीतका साधकहरू, उपस्थित भद्र महिला तथा सज्जनवृन्द, नातिकाजी स्मृति समाजले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु । नेपाली संगीत आकाशका उज्ज्वल नक्षत्रका रूपमा रहनुभएका स्वर्गीय नातिकाजी श्रेष्ठप्रति यस अवसरमा भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । नेपाली सङ्गीत, कला, संस्कृति र सम्पदा मौलिक छन् । विविधतायुक्त संस्कृति हाम्रो राष्ट्रिय एकताको आधार रही आएको छ । भौगोलिक विविधताअनुसारका जातीय संस्कृति, गीत, सङ्गीत र बाजामा रहेको मौलिक विविधता नेपालको विशिष्ट पहिचान र जीवन शैली बनेको हो । विविधता भित्रको सहिष्णुता Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पुनर्निर्मित रानीपोखरीको उद्‌घाटन समारोहमा गर्नुभएको सम्बोधन

सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्रीहरू, माननीय सांसदहरू, राष्ट्रसेवकहरू, काठमाडौँ महानगरपालिकाका मेयर लगायत महानगपालिका परिवार, सञ्चारकर्मीहरू, भद्रमहिला तथा सज्जनवृन्द ! विक्रम सम्बत् २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूका कारण व्यहोर्न परेको ठूलो मानवीय, आर्थिक एवं भौतिक क्षति र पीडा हाम्रो मानसपटलमा अझसम्म ताजै छ । उक्त भूकम्पमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । आजको यस क्षणमा २०७२ साल माघ २ गतेको दिन स्मरण गर्न चाहन्छु, जुन दिन हामीले यहीँ उभिएर रानीपोखरी पुनर्निर्माणको थालनी गर्दै मुलुकभर पुनर्निर्माण महाअभियान सुरु भएको घोषणा गरेका थियौँ । त्यसबेला हाम्रो अठोट थियो- हाम्रा प्रिय दिवंगत दाजुभाइ तथा Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूद्वारा आ.व. २०७७/७८ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज मिति २०७७ साल जेठ २ गते संघीय संसदको संयुक्त वैठकमा आर्थिक वर्ष २०७७/७८ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रमको पूर्ण पाठको लागि यहाँ क्लिक गर्नुहोस् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित नेपाल भ्रमण वर्ष, २०२० को समुद्‍घाटन समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नु भएको सम्बोधन

[vc_row][vc_column][vc_column_text] राष्ट्रियसभाका सम्माननीय अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरू, माननीय मन्त्रीहरू, माननीय प्रदेश मुख्यमन्त्रीहरू मित्र राष्ट्रबाट पाल्नुभएका पर्यटनमन्त्रीहरू, संवैधानिक आयोगका प्रमुखहरू, माननीय सांसदहरू, कूटनीतिक नियोगका पदाधिकारीहरू, राष्ट्र सेवकहरू , सञ्चारकर्मीहरू, उपस्थित भद्र महिला तथा सज्जनवृन्द, पर्यटनलाई आर्थिक समृद्धिको आधारको रूपमा अंगीकार गरी राष्ट्रिय अभियानको रूपमा सञ्चालन गर्न लागिएको नेपाल भ्रमण वर्ष २०२० को पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्दछु । नेपालमा पर्यटन विकासको सन्दर्भमा आजबाट शुरु भएको यो अभियान सबैको सहयोग र सहभागितामा महाअभियानकै रूपमा अगाडि बढ्ने छ भन्ने विश्वास मैले लिएको छु । नेपाल संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । हामी हाम्रा अमूल्य स्रोत र सम्भाव्यताहरूलाई मनन् मात्र हैन उजागर गर्न लागि Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ज्येष्ठ नागरिक दिवस (१ अक्टोबर) को अवसरमा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा बसोवास गर्ने सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा संयुक्त राष्ट्रले निर्धारण गरेको नारा समसामयिक छ । यस नारालाई सार्थक बनाउन हामीले सबै क्षेत्रमा ज्येष्ठ नागरिकको सम्मान गर्न जरूरी छ । सर्वप्रथम म ज्येष्ठ नागरिकको हक अधिकारका लागि अमूल्य योगदान दिने सबैलाई सम्मान अर्पण गर्दछु ।  यस दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको संयुक्त संयोजनमा ज्येष्ठ नागरिकको संरक्षण र सम्बर्द्धन सम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउन लागेको जानकारी पाउँदा मलाई Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट व्यक्त सम्बोधन

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा महामहिम राजदूत तथा कूटनीतिक नियोगप्रमुख दम्पत्तिका लागि आयोजना गर्नुभएको स्वागत समारोहमा दिनुभएको सम्वोधन शीतलनिवास, काठमाडौँ दिगो शान्ति, स्थायित्व तथा न्याय, समानता, विकास, समावेशी लोकतन्त्र र गणतन्त्रात्मक शासन व्यवस्थाको लागि नेपाली जनताको निरन्तर संघर्ष एवं जनआन्दोलनको परिणामस्वरूप वि.सं २०७२ सालमा आजकै ऐतिहासिक दिनमा नेपालको संविधान जारी भएको हो । राष्ट्रिय दिवस तथा संविधान दिवसको यस पुःनीत अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । सदा सार्वभौम र स्वतन्त्र मुलुकका नेपाली जनताले यस दिनलाई राष्ट्रिय पर्वका रूपमा मनाईरहँदा हामी गौरवान्वित भएको महशुस गर्दछौँ । लोकतन्त्र स्थापित गर्ने अनवरत संघर्षमा नेपाल आमाका Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले जलवायु परिवर्तन संरचना सम्बन्धि महासन्धिको २४ औँ सम्मेलनमा गर्नुभएको सम्वोधन 

अध्यक्ष महोदय, नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको अति कम विकसित राज्य हो | ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि जलवायु परिवर्तनको दुष्प्रभावको मारमा भने हामी निरन्तर पर्दै आएका छौं। हाम्रा उच्च पर्वतमालाका हिउँ पग्लँदैछन्, सेता हिमालहरु काला र फुस्रा बन्दैछन्, हिमताल विष्फोटनको खतरा बढ्दैछ र हाम्रा नदीका जलाधार प्रणाली प्रभावित हुँदैछन् । हिमपहिरो, बाढीपहिरो र खडेरीका घटना पहिले भन्दा विषम हुन थालेका छन् । प्राकृतिक स्रोतमा परेको नकारात्मक प्रभावले गाउँघरको खानेपानी प्रणाली प्रभावित हुँदै गएका छन् । हाम्रो राष्ट्रिय आयको ठूलो हिस्सा प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या समाधानमा खर्चिनु परेको छ । हाम्रो खाद्यान्न उत्पादनको मुख्य भूमि Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा महामहिम राजदूत तथा कूटनीतिक नियोगप्रमुख दम्पत्तिका लागि आयोजना गर्नुभएको स्वागत समारोहमा दिनुभएको सम्वोधन

सम्माननीय प्रधानमन्त्री, सम्माननीय प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, माननीय मन्त्रीहरु, विशिष्ट महानुभावहरु, महामहिम राजदूत तथा नियोगप्रमुख दम्पत्ति, राष्ट्रसेवकहरु, भद्रमहिला तथा सज्जनवृन्द ! आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको सुखद उपलक्ष्यमा आयोजित यस कार्यक्रममा तपाइँहरु सबैलाई राष्ट्रपति भवन, शीतल निवासमा स्वागत गर्न पाउँदा मलाई खुशी लागेको छ । हामीले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा स्वदेश तथा विदेशमा विशेष समारोहका साथ उल्लासपूर्वक मनाउँदै आएका छौँ । लोकतन्त्रका आधारभूत मान्यताहरु वाक तथा प्रकाशन स्वतन्त्रता, मौलिक हक, जनतामा निहित सार्वभौमसत्ता, मानव अधिकार  र सामाजिक न्यायका लागि नेपाली जनताको आकांक्षा र अथक संघर्षको प्रतिफलका रुपमा नेपालको Read More …