सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले काठमाडौँ उपत्यकाका पालिका प्रमुखहरूसँगको भेटघाटको अवसरमा गर्नुभएको सम्बोधन
काठमाडौँ उपत्यकाका विभिन्न पालिका प्रमुख तथा उप–प्रमुखहरू‚ राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ भद्र महिला तथा सज्जनवृन्द । मुलुकको राजधानी काठमाडौँ उपत्यकाका सबै पालिकाहरूका प्रमुख एवं उप–प्रमुखहरूसँग उपत्यकाको विकासका चुनौती एवं सम्भावनाहरूको विषयमा छलफल गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । म यहाँहरू सबैलाई राष्ट्रपति भवनमा हार्दिक स्वागत गर्न चाहन्छु । विश्वका सुन्दर शहरहरूमध्ये मानिने काठमाडौँ उपत्यका सम्भावना र चुनौति दुवै बोकेको सहर हो । रमणीय हिमश्रृङ्खलाहरू सहजै देख्न सकिने, वरिपरि हरियाली वनजङ्गल भएको‚ साथै विश्व सम्पदा सूचीमा सूचिकृत नेपालका १० धरोहरहरूमध्ये ७ वटा अवस्थित रहेको काठमाडौँ उपत्यका नेपालको सांस्कृतिक राजधानी समेत हो भन्नु अतिशयोक्ति होइन । यसका अतिरिक्त, हाम्रो देशको मुख्य आर्थिक‚ Read More …