कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, कारागार नियमावली, २०२० को साविकको नियम १ र १क. लाई कायमै गर्ने गरेको सर्वोच्च अदालतको रिट नम्बर ०७६-WO-०९३९ र रिट नम्बर ०७९-WH – ०१४७ को फैसला तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ समेतका आधारमा संलग्न सूची बमोजिमका उल्लिखित भीमबहादुर खवास समेतका ४९७ (चार सय सन्तानब्बे), हर्कबहादुर लिम्बु समेतका १७० (एक सय सत्तरी) र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँ समेत जम्मा ३ (तीन) जना गरी कूल जम्मा ६७० (छ सय सत्तरी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी Read More …

कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यू संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन र तत्पश्चात जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको शिलशिलामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सम्वत् २०८० साल भदौ ३० गते शनिबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ। २०८० साल भदौ ३० गते शनिबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

नेपालका लागि इजरायलका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि इजरायलका राजदूत H.E. Mr. Hanan Goder Goldberger ले शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले इजरायल सरकारले नेपाललाई विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी एवम् कृषि तथा सहकारी क्षेत्रमा सहयोग प्रदान गरेकोमा खुशी व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र आपसी सहयोग तथा सहकार्य निरन्तर अघि बढ्ने कुरामा विश्‍वस्त रहेको कुरा बताउनु भयो । २०८० साल भदौ २६ गते मङ्गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

नेपालको आवासीय राजदूत पदमा नियुक्ति

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री रामप्रसाद सुवेदीलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत र सयुंक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभा, World Trade Organization (WTO) र World Health Organization (WHO) का लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गर्नुभएको छ । २०८० साल भदौ २२ गते शुक्रबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. कतार H.E. Mr. Mishal Mohammed Ali Alansari आवासीय २. गणतन्त्र पेरु H.E. Mr. Javier Manuel Paulinich Velarde गैरआवासीय ३. कम्बोडिया H.E. Mr. Koy Kuong गैरआवासीय २०८० साल भदौ १८ गते सोमबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता   H.E. Mr. Mishal Mohammed Ali Alansari, Ambassador of Read More …

संयुक्त राज्य अमेरिकाका संसदीय प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष संयुक्त राज्य अमेरिकाका संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो । २०८० साल भदौ १४ गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता    

राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नेपालको नवनियुक्त राजदूत/स्थायी प्रतिनिधि श्री लोक बहादुर थापाले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री श्री नारायण प्रकाश साउद लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । २०८० साल भदौ १३ गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

सार्कका महासचिवबाट शिष्टाचार विदाई भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष सार्कका महासचिव H.E. Esala Ruwan Weerakoon ले शिष्टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले सार्कको उद्देश्य प्राप्तिका लागि सम्पूर्ण सदस्य राष्ट्रहरूबीच आपसी सहकार्य र समझदारीबाट उपयुक्त वातावरण निर्माण गर्न आवश्यक रहेको कुरा बताउनुभयो। २०८० साल भदौ १३ गते बुधबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री सुधिर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा, श्री तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र श्री घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८० साल भदौ ११ गते सोमबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

जापानको संसदको माथिल्लो सदनका माननीय सदस्यहरूबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष जापानको संसदको माथिल्लो सदनका माननीय सदस्यहरू साथै नेपाल-जापान संसदीय मैत्री समूहका सदस्यहरूसमेत रहनु भएका माननीय H.E. Mr. KOBAYASHI Kazuhiro र H.E. Mr. NAGAI Manbu बाट शिष्टाचार भेट भयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र जापान बीच अति घनिष्ट एवम् मैत्रीपूर्ण सम्बन्ध रहेको विषयमा जोड दिँदै नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद समेत व्यक्त गर्नुभयो। २०८० साल भदौ ७ गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता