स्वदेश फिर्ता

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू स्वीट्जरल्याण्ड र संङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०८१ साल जेठ २९ गते त्यसतर्फ प्रस्थान गर्नु भएकोमा उक्त भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ। २०८१ साल असार ५ गते बुधबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

कार्यभार तोक्नुभएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री  रामचन्द्र पौडेलज्यू स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Conference) को ११२ औं अधिवेशनमा सहभागी हुन तथा संङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०८१ साल जेठ २९ गते मङ्‌गलबारका दिन त्यसतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको छ। २०८१ साल जेठ २९ गते मङ्‌गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री  रामचन्द्र पौडेलज्यूले  नेपालको संविधानको धारा २८२ को उपधारा (१)  बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत श्री राम प्रसाद सुवेदीलाई सान मारिनोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा र संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कका लागि स्थायी प्रतिनिधि श्री लोक बहादुर थापालाई गणतन्त्र निकारागुवाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु भएको छ। २०८१ साल जेठ २८ गते सोमबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

प्रधानमन्त्रीको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यू छिमेकी मित्रराष्ट्र भारतका नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन सम्वत् २०८१ साल जेठ २७ गते आइतबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायत मन्त्री श्री रघुबीर महासेठज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ। २०८१ साल जेठ २७ गते आइतबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री श्री नारायणकाजी श्रेष्ठज्यूलगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. गणतन्त्र घाना H.E. Dr. Winfred Nii Okai Hammond गैरआवासीय २. गणतन्त्र बुल्गेरिया H.E. Mr. Nikolay Yankov गैरआवासीय ३. इरिट्रिया H.E. Mr. Alem Tsehaye Woldemariam गैरआवासीय ४. गणतन्त्र फिलिपिन्स H.E. Mr. Josel Francisci IGNACIO गैरआवासीय २०८१ साल Read More …

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री तोयम रायाज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को महालेखापरीक्षकको एकसठ्ठिऔं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। २०८१ साल जेठ १३ गते आइतबार। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिसमा कुवेतका लागि नेपालका आवासीय राजदूत श्री घनश्याम लम्साललाई इराकका लागि समेत नेपालको गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८१ साल जेठ ११ गते शुक्रबार ।   (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

BIMSTEC का महासचिवबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation (BIMSTEC) का महासचिव महामहिम Mr. Indra Mani Pandey ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले समृद्धि, दीगो विकास र क्षेत्रीय स्थायित्वको साझा आकांक्षाको रूपमा BIMSTEC रहेको र यस क्षेत्रमा हिमाली भेगदेखि समुद्री तटसम्मका मुलुकहरू रहेको हुँदा अन्य सहकार्यका विषयहरूसँगै जलवायु परिवर्तनको असर कम गर्न हिमाल लगायत पर्यावरण संरक्षणलाई समेत प्राथमिकतामा राखी कार्य गर्न आवश्यक रहेको कुरा व्यक्त गर्नुभयो। २०८१ साल जेठ ८ गते मङ्‌गलबार। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा श्री प्रदिप यादवज्यूलाई मन्त्री र श्री हसिना खानज्यूलाई राज्यमन्त्री पदमा नियुक्ति गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार तोक्नु भएको छ। आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त माननीय मन्त्री  श्री प्रदिप यादवज्यूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो। साथै, सम्माननीय राष्ट्रपतिको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नवनियुक्त माननीय राज्यमन्त्री श्री हसीना खानज्यूले नेपालको संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ Read More …

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री श्री नारायणकाजी श्रेष्ठज्यूलगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. गणतन्त्र साइप्रस H.E. Mr. Evagoras Vryonides गैरआवासीय २. गणतन्त्र लिथुआनिया H.E. Ms. Diana Mickeviciene गैरआवासीय ३. किर्गिज गणतन्त्र H.E. Mr. Askar Beshimov गैरआवासीय ४. आयरल्याण्ड H.E. Mr. Kevin Kelly गैरआवासीय २०८१ साल वैशाख ३१ गते सोमबार। (शैलजा Read More …