टीका प्रसाद प्रदान हुने कार्यक्रम सम्बन्धी प्रेस नोट

प्रेस नोट बडादशैं, २०८० को अवसरमा मिति २०८० कात्तिक ७ गते मङ्‌गलबार विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूबाट राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा देहाय बमोजिमको समय तालिका अनुसार टीका प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । देहाय क्र.सं. विवरण समय १ इच्छुक सम्माननीयज्यूहरू, माननीय उपप्रधानमन्त्रीज्यूहरू तथा माननीय मन्त्रीज्यूहरू, माननीय प्रदेश प्रमुखज्यूहरू, माननीय न्यायाधीशज्यूहरू, संघीय संसदका माननीय सदस्यज्यूहरू, संवैधानिक निकायका माननीय पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामति, जंगी, प्रहरी तर्फका अधिकृत स्तर सम्मका राष्ट्रसेवकहरू अपरान्ह २:०० बजे देखि ३:०० बजे सम्म २ इच्छुक सर्वसाधारणहरू अपरान्ह ३:०० बजे देखि ५:०० बजे सम्म पोशाक: मर्यादित प्रवेशद्वार: प्रवेशद्वार नं. Read More …

आयोगहरूको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम मुस्लिम आयोग, आदिवासी जनजाति आयोग र थारू आयोगका माननीय अध्यक्षहरू क्रमश: श्री समिम मियाँ अन्सारी, श्री राम बहादुर थापामगर र श्री विष्णुप्रसाद चौधरीले आ-आफ्नो आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०८० साल असोज २९ गते सोमबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

जनवादी गणतन्त्र चीनका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत H.E. Mr. Chen Song ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका बिषयमा कुराकानी भयो । २०८० साल असोज २८ गते आइतबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

आयोगहरूबाट वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम मधेशी आयोग, राष्ट्रिय महिला आयोग र राष्ट्रिय समावेशी आयोगका माननीय अध्यक्षहरू क्रमश: डा. विजय कुमार दत्त, श्री कमला पराजुली र डा. राम कृष्ण तिमल्सेनाले आ-आफ्नो आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०८० साल असोज २६ गते शुक्रबार (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

आयोगहरूबाट वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम लोक सेवा आयोगका माननीय अध्यक्ष श्री माधव प्रसाद रेग्मीज्यूले लोक सेवा आयोगको, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका माननीय अध्यक्ष श्री बालानन्द पौडेलज्यूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । साथै, सम्माननीय राष्ट्रपतिज्यू समक्ष आज नै भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरज्यूले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।   २०८० साल असोज २५ गते बिहीबार (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय परराष्ट्र मन्त्री श्री नारायणप्रसाद साउदज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. स्वीट्जरल्याण्ड H.E. Ms. Danielle Meuwly Monteleone आवासीय २. यूरोपियन युनियन H.E. Ms. Lorenzo Veronique आवासीय ३. स्विडेन अधिराज्य H.E. Mr. Jan Thesleff गैरआवासीय ४. हंगेरी H.E. Mr. István Szabó गैरआवासीय ५. चेक गणतन्त्र H.E. Dr. Eliśka Žigová गैरआवासीय Read More …

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेमकुमार राईज्यूले राष्ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९/०८० को अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु  भयो । २०८० साल असोज १५ गते सोमबार । (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत श्री विष्णु पुकार श्रेष्ठलाई मंगोलियाको लागि र डेनमार्कका लागि नेपालका आवासीय राजदूत प्रा. डा. राम स्वार्थ रायलाई फिनल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८० साल असोज १४ गते आइतबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री धनराज गुरुङज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । तपसिल क्र.सं. राजदूत मुलुक १. श्री सुधिर भट्टराई फ्रान्स २. श्री तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स ३. श्री घनश्याम लम्साल कुवेत ४. श्री रामप्रसाद सुवेदी स्वीट्जरल्याण्ड २०८० साल असोज १० गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रिय दलित आयोगका माननीय अध्यक्ष श्री देवराज विश्वकर्माज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०८० साल असोज ५ गते शुक्रबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता