नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत  H.E. Mr. Abdulla Saeed Mubarak Jarwan AlShamsi ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा छलफल भयो । २०८० साल साउन १६ गते मङ्गलबार (शैलजा रेग्मी भट्टराई) प्रवक्ता    

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ: क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १. मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० २०८०/४/१२ २०८० साल साउन १२ गते शुक्रबार ।   (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

H.E. Mr. Yuan Jiajun बाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका CPC केन्द्रीय कमिटिका राजनीतिक ब्युरोका सदस्य तथा Chongqing Municipality Committee का सचिव  H.E. Mr. Yuan Jiajun ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा छलफल भयो । भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीच रही आएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । २०८० साल साउन ७ गते आइतबार (लीलाकान्त पौडेल) सहायक प्रवक्ता  

कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यू  संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीको रोममा आयोजना हुने United Nations Food Systems 2023 Stocktaking Moment मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागी हुन सम्वत् २०८० साल साउन ६ गते शनिबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ। २०८० साल साउन ६ गते शनिबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश तथा न्याय परिषद् एवं न्याय सेवा आयोगका सम्माननीय अध्यक्ष श्री हरिकृष्ण कार्कीज्यूले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ । २०८० साल असार ३१ गते आइतबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएका देहायका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नु भएको छः क्रम संख्या विधेयकको नाम १ विनियोजन विधेयक, २०८० २ आर्थिक विधेयक, २०८० ३   राष्ट्र ऋण उठाउने विधेयक, २०८० २०८० साल असार ३१ गते आइतबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

प्रेस विज्ञप्‍ति

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू २०८० साल असार २ गते स्वास्थ्य उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा  त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भई विभिन्न परीक्षण, चिकित्सकहरूको निगरानी तथा उपचारपछि आज दिउँसो डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ । चिकित्सकहरूका अनुसार सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्य उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न चिकित्सकहरू, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका चिकित्सकहरू, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै विभिन्न माध्यमबाट उहाँको स्वास्थ्यप्रति चासो एवम् चिन्ता व्यक्त गर्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरूमा सम्माननीय राष्ट्रपतिज्यूले धन्यवाद प्रकट गर्नुभएको छ । २०८० Read More …

नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश पदको पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्कीज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ। आज राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्कीज्यूले सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। २०८० साल असार १ गते शुक्रबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

प्रेस विज्ञप्ति

विज्ञप्ति सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू नियमित स्वास्थ्य परीक्षण, उपचार तथा २४ घण्टा चिकित्सकहरूको अवलोकनपछि आज बिहान ८:०० बजे शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ । सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्य उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै उहाँको स्वास्थ्यप्रति चासो व्यक्त गर्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरूमा सम्माननीय राष्ट्रपतिज्यूले धन्यवाद प्रकट गर्नुभएको छ । २०८० साल जेठ ३१ गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

  विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री नारायण प्रकाश साउदज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. इस्लामिक गणतन्त्र पाकिस्तान H.E. Mr. Abrar Hussain Hashmi आवासीय २. गणतन्त्र कोरिया H.E. Mr. Park Taeyoung आवासीय २०८० साल जेठ २९ गते सोमबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता H.E. Mr. Abrar Hussain Hashmi, Pakistan H.E. Mr. Park Read More …