कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/२/१२ को बैठकको सिफारिसमा मिति २०८०/२/१५ गते देखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बूसमेतका ४७५ (चार सय पचहत्तर) जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसमेतका ७ (सात) जना गरी कुल जम्मा ४८२ (चार सय बयासी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी भएको छ । २०८० साल जेठ १४ गते आइतबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त माननीय मन्त्री श्री वीरेन्द्रप्रसाद महतोज्यूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ। साथै, सोही समारोहमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू समक्ष नवनियुक्त माननीय राज्यमन्त्री श्री प्रमिला कुमारीज्यूले नेपालको संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ। २०८० साल जेठ १० गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता   सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त माननीय मन्त्रीज्यूले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु हुँदै सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नवनियुक्त माननीय राज्यमन्त्रीज्यूले राज्यमन्त्री पदको पद तथा गोपनीयताको Read More …

मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति गरी कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति गरी कार्यभार तोक्नु भएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन १. श्री वीरेन्द्रप्रसाद महतो मन्त्री वन तथा वातावरण मन्त्रालय २. श्री प्रमिला कुमारी राज्यमन्त्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय २०८० साल जेठ ९ गते मङ्‌गलबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति गरी कार्यभार तोक्नु भएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन १. श्री सुरेन्द्रराज आचार्य मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय २. श्री महिन्द्र राय यादव मन्त्री खानेपानी मन्त्रालय आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त माननीय मन्त्री श्री सुरेन्द्रराज आचार्यज्यूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो । २०८० साल वैशाख २४ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू  समक्ष देहाय बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन १. श्री धनराज गुरूङ मन्त्री कानून, न्याय तथा संसदीय मामिला २. श्री मोहनबहादुर बस्नेत मन्त्री स्वास्थ्य तथा जनसंख्या ३. श्री डिगबहादुर लिम्वु मन्त्री युवा तथा खेलकुद     २०८० साल वैशाख २१ गते बिहीबार । (सागर आचार्य) प्रवक्ता

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/१/२० को सिफारिसमा सम्वत् २०८० साल वैशाख २४ गते आइतबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । २०८० साल वैशाख २० गते बुधबार । (सागर आचार्य) प्रवक्ता

मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति गरी कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति गरी कार्यभार तोक्नु भएको छ । क्र.सं. नाम, थर पद कार्यभार १. श्री धनराज गुरूङ मन्त्री कानून, न्याय तथा संसदीय मामिला २. श्री मोहनबहादुर बस्नेत मन्त्री स्वास्थ्य तथा जनसंख्या ३. श्री डिगबहादुर लिम्वु मन्त्री युवा तथा खेलकुद २०८० साल वैशाख २० गते बुधबार । (सागर आचार्य) प्रवक्ता

अध्यादेश जारी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० २०८० साल वैशाख २० गते बुधबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू स्वदेश फिर्ता

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू थप उपचारको लागि दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना भई उपचाररत रहनु भएकोमा अस्पतालबाट डिस्चार्ज भई आज नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फिर्ता हुनुभयो । २०८० साल वैशाख १७ गते आइतबार । (सागर आचार्य) प्रवक्ता  

प्रेस विज्ञप्ति

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको स्वास्थ्यमा समस्या आई पछिल्लो पटक मिति २०८० साल वैशाख ५ गते शिक्षण अस्पातलमा भर्ना हुनुभएकोमा थप उपचारका लागि मिति २०८० साल वैशाख ६ गते भारत प्रस्थान गर्नु भएको र  दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना हुनु भएको सर्वविदितै छ । उक्त अस्पतालमा उहाँको विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा उल्लेखनीय सुधार भएको हुँदा उहाँ अस्पतालबाट डिस्चार्ज भई आजै रातिको नेपाल एरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ । उपचारमा संलग्न चिकित्सकहरूले उहाँलाई अझ  केही हप्ता आराम गर्ने सुझाव दिनुभएको छ । सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य उपचारमा संलग्न नेपाली र भारतीय Read More …