निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू उपचारको लागि भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना भई हाल उपचाररत रहनु भएकोले नेपालको संविधानको धारा ६७ को उपाधारा (२) बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने छ भन्ने व्यवस्था अनुसार निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य उपनिर्वाचन, २०८० निर्वाचन परिणाम सहितको प्रतिवेदन” पेश गर्नु भयो। २०८० साल वैशाख १५ गते शुक्रबार। (सागर आचार्य) प्रवक्ता

प्रेस विज्ञप्ति

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू थप उपचारको लागि मिति २०८० साल वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना भई हाल उपचाररत रहनु भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको छ । एन्टिबायोटिक उपयोगका कारण उहाँमा शारीरिकरूपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामा हुनुभएको सूचना साथमा रहेका परिवारका सदस्यहरूबाट अवगत हुन आएको व्यहोरा समेत जानकारी गराइन्छ । २०८० साल वैशाख १२ गते मङ्‌गलबार । (सागर आचार्य) प्रवक्ता

प्रेस विज्ञप्ति

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू आज बिहान १०:०० बजे श्री एयरलाईन्सको विशेष विमानबाट थप उपचारको लागि दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) तर्फ प्रस्थान गर्नुभएको छ । सम्माननीय राष्ट्रपतिज्यूको उक्त अस्पतालमा उपचार शुरू भैसकेको छ  । २०८० साल वैशाख ६ गते बुधबार । (सागर आचार्य) प्रवक्ता

मन्त्रालयको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९/९/११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले सम्हाली आउनुभएकोमा प्रधानमन्त्रीको सिफारिसमा उक्त मन्त्रालयको कार्यभार माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।   २०८० साल वैशाख ५ गते मङ्‌गलबार । (सागर आचार्य) प्रवक्ता

नेपाली सेना परिचालन स्वीकृति प्रदान

  विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्वत् २०८० साल वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न “एकीकृत सुरक्षा कार्य योजना, २०७९” मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरू बीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९/१२/२८ को सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७९/१२/२८ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीज्यूको मिति २०७९/१२/३० को पत्रको आधारमा सम्वत् २०८० साल वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ । २०८० साल वैशाख ३ Read More …

मन्‍त्री नियुक्ति गरी कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति गरी कार्यभार तोक्नु भएको छ । क्र.सं. नाम, थर पद कार्यभार १. श्री नारायण प्रकाश साउद मन्त्री परराष्ट्र २. श्री नन्दा चपाई राज्यमन्त्री भौतिक पूर्वाधार तथा यातायात आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त माननीय मन्त्रीज्यूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो । साथै, सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा सम्मानननीय प्रधानमन्त्रीज्यू समक्ष नवनियुक्त माननीय राज्यमन्त्रीज्यूले राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ Read More …

मानपदवी प्राप्त गर्नुहुने महानुभावहरूलाई विभूषित

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधान दिवस (राष्ट्रिय दिवस) २०७९ असोज ३ गतेका अवसरमा नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेवापत मानपदवी प्राप्त गर्नुहुने महानुभावहरूलाई विभूषित गर्नुभएको छ । २०८० साल वैशाख १ गते शुक्रबार (सागर आचार्य) प्रवक्ता

महालेखापरीक्षकको साठिऔं वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा दंगालज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को महालेखापरीक्षकको साठिऔं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । २०७९ चैत ३० गते बिहीबार । (सागर आचार्य) प्रवक्ता

नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संबत् २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  1. श्री पुष्पकमल दाहाल “प्रचण्ड” प्रधानमन्त्री कानुन, न्याय तथा संसदीय मामिला; परराष्ट्र;  वन तथा वातावरण; युवा तथा खेलकुद; स्वास्थ्य तथा जनसङ्‌ख्या र खानेपानी  2. श्री पूर्णबहादुर खड्का उपप्रधानमन्त्री रक्षा  3. श्री नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री गृह 4. डा. बेदुराम भुसाल मन्त्री कृषि तथा पशुपंक्षी विकास  5. श्री अशोककुमार राई मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि  6. श्री शरतसिंह भण्डारी Read More …

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत श्री भरतकुमार रेग्मीलाई ग्रीसका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल चैत १३ गते सोमबार । (सागर आचार्य) प्रवक्ता