जनवादी गणतन्त्र चीनका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत H.E. Mr. Chen Song ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका बिषयमा कुराकानी भयो । २०७९ साल चैत ८ गते बुधबार (सागर आचार्य) प्रवक्ता

संयुक्त राज्य अमेरिकाका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत H.E. Dean R. Thompson ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । २०७९ साल चैत ६ गते सोमबार (सागर आचार्य) प्रवक्ता

उपराष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नवनिर्वाचित सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले नेपालको संविधानको धारा ७१ बमोजिम उपराष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । २०७९ साल चैत ६ गते सोमबार । (सागर आचार्य) प्रवक्ता

उपराष्ट्रपति पदमा निर्वाचित प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम उपराष्ट्रपतिको निर्वाचनमा माननीय श्री रामसहाय प्रसाद यादवज्यू नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यहोराको प्रतिवेदन पेश गर्नु भयो । २०७९ साल चैत ५ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत श्री सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल फागुन २९ गते सोमबार । (सागर आचार्य) प्रवक्ता

नवनिर्वाचित राष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति नवनिर्वाचित सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७१ बमोजिम सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्कीज्यूसमक्ष राष्ट्रपति भवनमा एक विशेष समारोहकाबीच राष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभई आजैदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्नुभएको छ । साथै, सोही समारोहमा निवर्तमान राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले विदाई उपहार प्रदान गर्नु भयो ।   २०७९ साल फागुन २९ गते सोमबार । (सागर आचार्य) प्रवक्ता

राष्ट्रपति पदमा निर्वाचित प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम राष्ट्रपतिको निर्वाचनमा माननीय श्री रामचन्द्र पौडेलज्यू नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यहोराको प्रतिवेदन पेश गर्नु भयो । २०७९ साल फागुन २६ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता

नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले नेपालको संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७८/०७९ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेश गर्नु भयो। सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । २०७९ साल फागुन २१ गते आइतबार । (सागर आचार्य) प्रवक्ता  

मन्त्रालयको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवत् २०७९/९/११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌का देहायका माननीय मन्त्रीहरूले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा उहाँहरूले सम्हाली आउनुभएको मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । क्र.सं. नामथर निकाय/पद १. श्री विष्णुप्रसाद पौडेल उपप्रधान एवम् अर्थ मन्त्री २. श्री ज्वाला कुमारी साह कृषि तथा पशुपंक्षी विकास मन्त्री ३. श्री दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ४. श्री राजेन्द्र कुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ५. डा. विमला राई पौड्याल परराष्ट्र मन्त्री Read More …

मन्त्रालयको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवत् २०७९/९/११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌का माननीय उपप्रधानमन्त्री एवम् उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री श्री राजेन्द्रप्रसाद लिङ्देन; माननीय सहरी विकास मन्त्री श्री विक्रम पाण्डे र माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री श्री ध्रुवबहादुर प्रधानले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय; सहरी विकास मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । २०७९ साल फागुन १४ गते आइतबार । (सागर आचार्य) प्रवक्ता