प्रतिनिधि सभाको सभामुख पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष प्रतिनिधि सभा नियमावली, २०७५ को  नियम ९ को अनुसूची २ बमोजिम नवनिर्वाचित सम्माननीय सभामुख श्री देव राज घिमिरेज्यूले राष्ट्रपति भवनमा आयोजित विषेश समारोहमा प्रतिनिधि सभाको सभामुख पदको पद तथा गोपनीयताको शपथ लिनु भयो  । २०७९ साल माघ ६ गते शुक्रबार । (लीलाकान्त पौडेल) सहायक प्रवक्ता  

नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  १. श्री पुष्पकमल दाहाल “प्रचण्ड” प्रधानमन्त्री वन तथा वातावरण; युवा तथा खेलकुद  २. श्री विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री अर्थ  ३. श्री नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात ४. श्री रबि लामिछाने उपप्रधानमन्त्री गृह  ५. श्री राजेन्द्रप्रसाद लिङ्देन उपप्रधानमन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई  ६. श्री रेखा शर्मा मन्त्री सञ्‍चार तथा सूचना प्रविधि  ७. श्री विक्रम पाण्डे मन्त्री शहरी विकास ८. श्री ज्वाला कुमारी साह मन्त्री कृषि तथा Read More …

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत H.E. Mr. Chen Song ले राष्‍ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । २०७९ साल पुस २९ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता

शिष्टाचार बिदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत H.E. Mrs. Himalee Arunatilaka ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र श्रीलङ्का बीच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । २०७९ साल पुस १९ गते मङ्गलबार । (सागर आचार्य) प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत श्री सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा र अष्ट्रिया, संयुक्त राष्ट्रसङ्‌घ कार्यालय भियानका लागि नेपालको आवासीय राजदूत श्री भरत कुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल पुस १३ गते बुधबार । (सागर आचार्य) प्रवक्ता

महान्यायाधिवक्ता पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम झिमरूक गाउँपालिका वडा नं. ४, प्यूठान जिल्ला निवासी अधिवक्ता डा. दिनमणी पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल पुस १३ गते बुधबार । (सागर आचार्य) प्रवक्ता

संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/९/११ को सिफारिसमा सम्वत् २०७९ साल पुस २५ गते सोमबार दिनको १३:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । २०७९ साल पुस १२ गते मङ्गलबार । (सागर आचार्य) प्रवक्ता

महान्यायाधिवक्ताको राजीना

विज्ञप्ति नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) मा महान्यायाधिवक्ताले प्रधानमन्त्री मार्फत राष्ट्रपति समक्ष लिखित राजिनामा दिएमा महान्यायाधिवक्ताको पद रिक्त हुनेछ भन्ने व्यवस्था भए बमोजिम सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपालका महान्यायाधिवक्ता श्री खम्म बहादुर खातीले  मिति २०७९/९/११ गतेदेखि लागू हुने गरी महान्यायाधिवक्ताको पदबाट राजीनामा दिनु भएको छ । २०७९ साल पुस १२ गते मङ्गलबार । (सागर आचार्य) प्रवक्ता    

मन्त्रिपरिषद् गठन

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  १. श्री पुष्पकमल दाहाल “प्रचण्ड” प्रधानमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिँचाई; कानुन, न्याय तथा संसदीय मामिला; कृषि तथा पशुपंक्षी विकास; खानेपानी; परराष्ट्र; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; रक्षा; वन तथा वातावरण;  शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्घीय मामिला तथा सामान्य प्रशासन; सञ्‍चार तथा सूचना प्रविधि; सहरी विकास र Read More …

नेपालको प्रधानमन्त्री पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ । २०७९ साल पुस १० गते आइतबार । (सागर आचार्य) प्रवक्ता