नेपालको प्रधानमन्त्री पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ । २०७९ साल पुस १० गते आइतबार । (सागर आचार्य) प्रवक्ता

प्रतिनिधि सभा सदस्यबाट पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य माननीय श्री पशुपति शम्शेर ज.ब.रा.ले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेखित व्यवस्था बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको छ । २०७९ साल पुस ६ गते बुधबार । (सागर आचार्य) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा  नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. संयुक्त अरब इमिरेट्स H.E. Mr. Abdulla Saeed Mubarak Jarwan AlShamsi आवासीय २. संयुक्त गणतन्त्र ताञ्जानिया H.E. Mrs. Anisa Kapufi Mbega गैरआवासीय ३. गणतन्त्र सर्विया H.E. Mr. Siniša Pavić गैरआवासीय २०७९ साल पुस ५ गते मङ्गलबार । (सागर आचार्य) प्रवक्ता H.E. Mr. Abdulla Saeed Mubarak Jarwan AlShamsi H.E. Mrs. Anisa Kapufi Mbega H.E. Mr. Siniša Pavić  

प्रधानमन्त्री नियुक्तका लागि दावी पेश गर्न आव्हान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम मिति २०७९/८/२९ मा पेश हुन आएकोले प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/१० गते आइतबार १७:०० बजे भित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आव्हान भएको व्यहोरा अनुरोध Read More …

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजरायलका लागि नेपालको आवासीय राजदूत श्री कान्ता रिजाललाई गणतन्त्र साईप्रसका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल पुस ३ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ निर्वाचन परिणाम सहितको प्रतिवेदन” पेश गर्नु भयो। उक्त अवसरमा निर्वाचन आयोगका पदाधिकारीहरू समेतको उपस्थिति थियो। २०७९ साल मङ्‌सिर २९ गते बिहीबार। (सागर आचार्य) प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत श्री वासुदेव मिश्रलाई माल्दिभ्सका लागि र अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत श्री कैलाशराज पोखरेललाई न्यूजिल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल मङ्‌सिर २५ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री तप बहादुर मगरज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७९ साल मङ्‌सिर २१ गते बुधबार । (सागर आचार्य) प्रवक्ता  

स्वदेश फिर्ता

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू सम्वत् २०७९ साल कात्तिक २१ गते सोमबारका दिन औपचारिक भ्रमणको सिलसिलामा गणतन्त्र आइसल्याण्डतर्फ प्रस्थान गर्नु भएकोमा उक्त भ्रमण पूरा गर्नु भई आज मिति २०७९ साल कात्तिक २६ गते शनिबार स्वदेश फर्कनु भयो । २०७९ साल कात्तिक २६ गते शनिबार । (सागर आचार्य) प्रवक्ता

कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू Reykjavik Global Forum-Women Leaders कार्यक्रममा सहभागी हुन सम्वत् २०७९ साल कात्तिक २१ गते सोमबारका दिन औपचारिक भ्रमणको सिलसिलामा गणतन्त्र आइसल्याण्डतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको छ । २०७९ साल कात्तिक २१ गते सोमबार । (सागर आचार्य) प्रवक्ता