कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू Reykjavik Global Forum-Women Leaders कार्यक्रममा सहभागी हुन सम्वत् २०७९ साल कात्तिक २१ गते सोमबारका दिन औपचारिक भ्रमणको सिलसिलामा गणतन्त्र आइसल्याण्डतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको छ । २०७९ साल कात्तिक २१ गते सोमबार । (सागर आचार्य) प्रवक्ता

प्रदेश प्रमुखको कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मधेश प्रदेशका प्रमुख माननीय हरिशंकर मिश्र मिति २०७९/०७/०९ देखि २०७९/०७/११ गतेसम्म भारतको झारखण्डको भ्रमणमा जानु हुने भएको हुँदा उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम बागमती प्रदेशका प्रमुख माननीय यादव चन्द्र शर्मालाई तोक्नु भएको छ । २०७९ साल कात्तिक ६ गते आइतबार । (सागर आचार्य) प्रवक्ता  

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. फिनल्याण्ड H.E. Ms. Riina-Riikka Heikka आवासीय २. संयुक्त राज्य अमेरिका H.E. Mr. Dean Richard Thompson आवासीय ३. आइसल्याण्ड H.E. Mr. Gudni Bragason गैरआवासीय २०७९ साल कात्तिक ४ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता H.E. Ms. Riina-Riikka Heikka H.E. Mr. Dean Richard Thompson H.E. Mr. Gudni Bragason

राजदूतहरूबाट शिष्टाचार बिदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि इश्‍लामिक गणतन्त्र पाकिस्तानका राजदूत H.E. Syed Haider Shah र संयुक्त अरब इमिरेट्सका राजदूत H.E. Mr. Saeed Hamdan Al-Naqbi ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । २०७९ साल कात्तिक ३  गते बिहीबार । (सागर आचार्य) प्रवक्ता H.E. Syed Haider Shah, H.E. Mr. Saeed Hamdan Al-Naqbi

शिष्टाचार बिदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत H.E. Ms. Hou Yanqi ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो । २०७९ साल कात्तिक २  गते बुधबार । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता  

आयोगहरूबाट वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा २९४ बमोजिम तपसिल बमोजिमका आयोगहरूबाट आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश भयो । क्र.सं. आयोगको नाम १ मधेशी आयोग २ राष्ट्रिय दलित आयोग ३ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ४ आदिवासी जनजाति आयोग ५ राष्ट्रिय समावेशी आयोग ६ राष्ट्रिय महिला आयोग ७ मुस्लिम आयोग २०७९ साल असोज ३१ गते सोमबार । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता  

मन्त्रीको कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मिति २०७८/३/२९ गते गठन भई विभिन्न मितिमा हेरफेर तथा कार्यविभाजन भएको मौजुदा मन्त्रिपरिषद्‌का माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री राजेन्द्रप्रसाद श्रेष्ठ, माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री श्री मृगेन्द्रकुमार सिंह यादव, माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री मोहम्मद इश्तियाक राई र माननीय वन तथा वातावरण मन्त्री श्री प्रदीप यादवलाई  नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम मन्त्री पदबाट सम्माननीय प्रधानमन्त्रीज्यूले पदमुक्त गरि सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजहरूले सम्हाली आउनुभएको उल्लिखित मन्त्रालयहरूको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । साथै, सम्माननीय राष्ट्रपतिज्यूले नेपालको संविधानको Read More …

विधेयकहरू प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९/६/२३ २ सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९/६/२३ ३ पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/६/२३ २०७९ साल असोज २३ गते आइतबार । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

प्रदेश प्रमुखको कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कर्णाली प्रदेशका प्रदेश प्रमुख माननीय तिलक परियार क्यानडाको ओटावामा २०७९ असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा भाग लिन जानु हुने भएको हुँदा उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार सम्माननीय प्रधानमन्त्रीको सिफारिस बमोजिम लुम्बिनी प्रदेश प्रमुख माननीय अमिक शेरचनलाई तोक्नु भएको छ । २०७९ साल असोज १४ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता

शिष्टाचार बिदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत H.E. Randy W. Berry ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र अमेरिका बीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । २०७९ साल असोज १३ गते बिहीबार (सागर आचार्य) प्रवक्ता