लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष लोक सेवा आयोगका माननीय अध्यक्ष श्री माधव प्रसाद रेग्मीज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लोक सेवा आयोगको ६३ ‌औं वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७९ साल असोज १३ गते बिहीबार (सागर आचार्य) प्रवक्ता

टीका प्रसाद प्रदान हुने कार्यक्रम सम्बन्धी प्रेस नोट

प्रेस नोट बडादशैं, २०७९ को अवसरमा मिति २०७९ असोज १९ गते बुधबार विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूबाट देहाय बमोजिमको  समय तालिकामा टीका प्रसाद प्रदान हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । देहाय क्र.सं. विवरण समय १ सम्माननीयज्यूहरू, माननीय मन्त्रीज्यूहरू, माननीय प्रदेश प्रमुखज्यूहरू, माननीय न्यायाधीशज्यूहरू, संघीय संसदका माननीय सदस्यज्यूहरू संवैधानिक निकायका माननीय पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू अपरान्ह २:०० बजे देखि ३:०० बजे सम्म २ सर्वसाधारणहरू अपरान्ह ३:०० बजे देखि ५:०० बजे सम्म पोशाक: मर्यादित प्रवेशद्वार: प्रवेशद्वार नं. १ २०७९ साल असोज १३ गते बिहीबार । (सागर आचार्य) प्रवक्ता

निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्वत् २०७९ साल मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न “एकीकृत सुरक्षा कार्य योजना, २०७९” मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरू बीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९/५/१७ को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७९/५/२७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९/५/२७ को पत्रको आधारमा सम्वत् २०७९ साल मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको Read More …

विधेयकहरू प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक २०७९/६/९ २ कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९/६/९ २०७९ साल असोज ९ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेमकुमार राईज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु  भयो । २०७९ साल असोज ५ गते बुधबार । (सागर आचार्य) प्रवक्ता

विज्ञप्ति

विज्ञप्ति राष्ट्रपतिको कार्यालयबाट भए गरेका कामकारवाही नियमित रूपमा विज्ञप्ति मार्फत जानकारी गराउँदै आएको व्यहोरा अवगत नै छ । यस कार्यालय र सम्माननीय राष्ट्रपतिज्यूलाई जोडेर विभिन्न किसिमका भ्रामक समाचारहरू प्रकाशन भई रहेको देखिएको हुँदा आधिकारीक व्यक्तिसंग बुझी यथार्थ समाचार प्रकाशन र प्रसारण गरिदिनुहुन अनुरोध छ । २०७९ साल असोज ३ गते सोमबार । (सागर आचार्य) प्रवक्ता  

विभूषण प्रदान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/५/३१ गतेको सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा देहाय बमोजिमका विभूषण प्रदान गर्नु भएको छ । विभूषणको प्रकार संख्या मानपदवी १. नेपाल रत्‍न १ २. राष्ट्र गौरव ३ ३. सुप्रसिद्ध प्रबल नसेवाश्री १ ४. प्रसिद्ध प्रबल जनसेवाश्री १४ ५. सुकीर्तिमय राष्ट्रदीप १७ ६. सुप्रबल जनसेवाश्री १६५ ७. कीर्तिमय राष्ट्रदीप ६ ८. प्रबल जनसेवाश्री ३२२ ९. राष्ट्रदीप २ १०. जनसेवाश्री २०७ अलङ्कार १. राष्ट्र यशोवर्द्धक १० २. परम पौरख भास्कर २ ३. नेपाल प्रताप सुभूषण ३८ ४. नेपाल सेवा प्रवीण २३ Read More …

भुक्तान हुन बाँकी कैद सजाय माफी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ (दुई सय तीन) जना र इन्द्र कुमार लिम्बुसमेतका ४७८ (चार सय अठहत्तर) गरी कुल जम्मा ६८१ (छ सय एकासी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय मन्त्रिपरिषद्को मिति २०७९/५/३१ को बैठकको सिफारिसमा मिति २०७९/६/३ गते देखि लागू हुने गरी संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा माफी मिनाहा  भएको छ Read More …

सजाय माफी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/५/३१ को बैठकको सिफारिससाथ संलग्न सूचीमा उल्लिखित महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद सजाय संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा माफी  भएको छ । २०७९ साल असोज २ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्षबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष महामहिम श्री लि चान्सु (H.E. Mr. Li Zhanshu) ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा छलफल भयो । भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । २०७९ साल भदौ २९ गते बुधबार (सागर आचार्य) प्रवक्ता