“Global Council for Tolerance & Peace” संस्थाका अध्यक्ष माननीय अहमद अल जरावानको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनु भएका “Global Council for Tolerance & Peace” संस्थाका अध्यक्ष माननीय अहमद अल जरावानको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबाट राष्ट्रपति भवन, महाराजगञ्‍जमा शिष्टाचार भेट भयो । उक्त अवसरमा प्रतिनिधि सभाका माननीय सदस्य श्री हृदयेश त्रिपाठी, प्रतिनिधिमण्डलमा विभिन्न आठ देशका संस्थासंग आवद्ध सदस्य तथा माननीय सांसदहरू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो । २०७९ साल भदौ ७ गते मङ्गलबार  । (सागर आचार्य) प्रवक्ता

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/५/५ २ ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९/५/५ २०७९ साल भदौ ५ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । तपसिल क्र.सं. राजदूत मुलुक १. श्री निर्मलराज काफ्ले गणतन्त्र ब्राजिल २. प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी) गणतन्त्र कोरिया २०७९ साल भदौ ५ गते आइतबार (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक फिर्ता

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ । २०७९ साल साउन २९ गते आइतबार (सागर आचार्य) प्रवक्ता

नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रा. डा. ज्योति प्याकुरेल (भण्डारी) लाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   २०७९ साल साउन १८ गते बुधबार (सागर आचार्य) प्रवक्ता

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/४/१८ २०७९ साल साउन १८ गते बुधबार । (सागर आचार्य) प्रवक्ता

शिष्टाचार बिदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि फिनल्याण्डका राजदूत H.E. Mr. Pertti Anttinen ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र फिनल्याण्ड बीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । २०७९ साल साउन १८ गते बुधबार (सागर आचार्य) प्रवक्ता

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नवनियुक्त माननीय अर्थ मन्त्री श्री जनार्दन शर्माज्यूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।   २०७९ साल साउन १५ गते आइतबार (सागर आचार्य) प्रवक्ता  

मन्त्री पदमा नियुक्त गरी कार्यभार तोक्नु भएको

  विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री जनार्दन  शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी  नियुक्ति एवं कार्यभार तोक्नु भएको छ । २०७९ साल साउन १५ गते आइतबार (सागर आचार्य) प्रवक्ता

नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री निर्मलराज काफ्लेलाई संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   २०७९ साल साउन १५ गते आइतबार (सागर आचार्य) प्रवक्ता